भरतपुर अस्पतालमा एक जनाको मृत्यु, कोरोनाको आशंका

  २०७७ जेठ २४ गते १४:५०     विकासन्युज

काठमाडौं । भारतबाट आएका एक जना युवकको चितवनस्थित भरतपुर अस्पतालको भेन्टिलेटरमा उपचारको क्रममा मृत्यु भएको छ ।

ज्वरोसँगै श्वासप्रश्वासमा समस्या देखिएका २७ वर्षीय ती युवकको शनिबार मृत्यु भएको अस्पतालले जनाएकाे छ ।  बिहान एक्कासी समस्या देखिएपछि भेन्टिलेटरमा सारे पनि बचाउन नसकिएकाे अस्पतालले जानकारी दिए ।

चितवन माडी निवासी उनी १० दिनअघि भारतबाट आएका उनी उपचारका लागि नयाँदिल्ली गएका थिए ।

क्वारेन्टाइनमा रहेका उनी ज्वरो देखिएपछि शुक्रबार भरतपुर अस्पतालको आइसोलेसनमा भर्ना भएका हुन् । मृतकको स्वाब परीक्षण गर्न पठाइएको छ। साँझसम्म कोरोना परीक्षण रिपोर्ट आउने अस्पतालले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.