१६ देखि २० लाख नेपालीले रोजगारी गुमाउँदै छन् : पूर्व श्रममन्त्री विष्ट

  २०७७ जेठ २४ गते १३:४५     विकासन्युज

काठमाडौं । कोरोना भाइरस संक्रमण फैलिएसँगै नेपालमा १६देखि २० लाखले रोजगारी गुमाउने पूर्व श्रममन्त्री एवं सांसद गोकर्ण विष्टले बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद विष्टले विश्व श्रमबजारमा चुनौती थपिएको बताए ।

१६ देखि २० लाख नेपाली रोजगारीबाट बाहिरिने संकटको अवस्थामा ब्यवस्थापनका लागि सरकारलाई जोड दिन अनुरोध गरे । देशमा नै कसरी रोजगारीलाई कायम गर्ने विषयमा सोच्न आवश्यक रहेको बताउँदै कृषिमा रोजगारीको तिव्र सम्भावना रहेको बताए ।

विपन्न परिवारलाई काम गरेर खान पाउने गरी १ बर्ष अगाडि शुरुवात गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रमले सोही अवधिमा २ लाखका लागि राजगारी दिने व्यवस्था गरेको जानकारी दिँदै आगामी दिनमा सीपमूलक कार्यक्रम प्रभावकारी नबाउने हो भने उनीहरु रोजगारीबाट बाहिरिने चिन्ता रहेको बताए ।
तीनै तहले श्रमिकलाई दक्ष र पुनःदक्ष बनाउन नसके काम नपाउने अवस्था रहेको र काम र जनशक्तिको बिचमा समन्वय हुन नसक्दा बेरोजगार हुने अवस्था रहेको पूर्वमन्त्री विष्टले भने ।

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपालमा उद्धार गर्न आवश्यक रहेको बताउँदै नेपालमा उनीहरुका लागि रोजगारी सिर्जनामा ध्यान दिन आग्रह गरे ।
३८ प्रतिशत श्रमिक सबैभन्दा धेरै खट्ने बताउदै उनीहरु नै गरिब रहेकोले आवश्यक सीपको व्यवस्था गर्न माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.