ठूलो मान्छे होईन्, असल मान्छे बनौ

  २०७७ जेठ २४ गते १०:४७     सुशिल घिमिरे ‘त्रैलोक्य ’

लेखक

कसैले तपाईँ त ठूलो मान्छे हुनुभाे, हाकिम हुनुभो भनेर ठूलो बनाइदिए, कसैले हजूर प्रख्यात साहित्यकार , बरिष्ठ पत्रकार, बरिष्ठ राजनीतिकर्मी भनेर फुलाइ दिए । हामी बेलुन झै फुलिरहयौ । उनीहरुले फुलाउदै गएँ, कहिले काही रिसको झोकमा र झगडाको आवेशमा ‘म को हो तैले मलाई चिनेको छस’ भन्दै आफैले आफैलाई स्यंम ठूलो हुनुको आभास गरायाैं । के हामी साच्चै ठूला भएकै हुम त ?  ठूलो मान्छे कसलाई भन्ने ?  कसरी बन्ने ठूला मान्छे ?

एक पल्ट बाल्यकालमा आफूले आफैलाई लगेर हेरौं त । दशैमा बा आमासँग आर्शिबाद थाप्दा आशिष स्वरुप ठूलो मान्छे बनेस,आफू भन्दा अग्रजलाई नमस्कार गर्दा वा ढोग्दा त पछि ठूलो भएस, स्कूलमा शिक्षकले ठूलो मान्छे हुनुपर्छ है भनेर भन्दै गर्दा र उ ठूलो मान्छे हो बाबु, ठूलो-मान्छेसँग झगडा गर्न हुदैन, मुख मुखे लाग्न हुदैन भनेर बाल्यकालमा कयौपल्ट सुनिरहेकै हो । बाल्यकालमा आफूभन्दा अग्रजहरुले ठूलो मान्छेको एउटा यस्तो परिभाषा थोपरिदिन्छन र बालकको टाउकोमा ठूलो मान्छेको गलत परिभाषा बिस्तरै बाल मनोविज्ञानमा पर्दै जान्छ र एउटा बालकमा बिस्तरै घमण्डी, अहंकारी र हो न हो म ठूलै मान्छे हु भन्ने भान पर्दछ ।

के हो त ठूलो मान्छे र कसरी बन्ने ? ठूलो मान्छे बन्नलाई आफूभन्दा अग्रजहरुबाट खारिएका अनुभबहरु सिकेर आफनो जीवनमा उर्तानुपर्दछ । ठूला ठूला गफ नगरी स-साना काम गरे पुग्छ । विद्यत प्राधिकरणले घर अगाडिको बत्ति फेरिदिएन् भन्दै टोलमा गुनासो गरेर घन्टौ समय बर्बाद गर्नु भन्दा मेरो पनि दायित्व छ भनेर सय रुपैयाको चिम आफैले लगाइदिए हुन्छ । नगरपालिकाले फोहर सफा गरेन बाटो दुर्गन्धित भो भन्नु भन्दा आफनो घर अगाडि आफैले झाढु लगाउदा के बिग्रन्छ ? देशको अर्थतन्त्र चौपट भो बर्बाद भो भन्नु भन्दा आफैले करेसा बारिमा पाँच वटा धनियाँ पात, दुइ वटा टमाटर अलिकति र्खोसानीको बोट रोप्दा के बिग्रिन्छ ? खाने अरु होइन आफै हो क्यारे ।

हामीले सरकारलाई कत्तिचोटि ठगेका छौ नि, भारतीय बोडरबाट सामान ल्यउदा घरको सामान हो भन्दै चेक पोस्टमा बसेका प्रहरीलाई घरायसी सामानमा पनि भन्सर लाग्छ  भनेर जिल्ल पारेकै हो । पसलबाट सामान किन्दा बरु बिल चाहिदैन डिस्काउन्ट चाहि गरिदिनु परो भनेर भनेकै हो । जग्गा किन्दा खरिद दाम भन्दा कम मूल्यङ्कन राखेर मालपोतबाट राजस्व ढाटेकै हो । घरमा भाडा लगाइ लगाइ मासिक आम्दानी गरेकै हो र घर वहाल कर छलेकै हो ।

के हामीले समयमै घर जग्गाको कर तिरेका छौ त ? हामीले व्यापार व्यवसाय गर्दा दर्ता गरेर खोलेका छौ त ? राज्य मेरो हो भनेर राज्यको सम्पति सार्वजनिक सम्पति जस्तै मठ, मन्दिर, जग्गा, बाटो, नाला, वनजगंल आदि चाहि हामीले कत्तिको सुरक्षित राखेका छौ नि ?  सरकारले दिने सुविधाहरु जस्तै गरिबले पाउने राहतमा हामी आफै लाइन पो लागेका छौ कि ? अनुदान पनि पहुँच लगाएर हामीले पो उपभोग गरेका छौ कि ?  सबै कुरामा राज्को मुख मात्र ताकेर निरास हुनु भन्दा आफनो ठाँउमा आफूले चाहि के गरेका छौ ? हामी कानुनी राज्य, असल न्यायलय र  सम्पन्न शान्ति देशको आशा गर्दछौ तर के हामी चाहि कति असल छौ ? के हामीले असल नागरिक हुनुको पूर्ण दायित्य निभाएका छौ त ?

हामी आफूलाई अरुले ठूलो मान्छे भनिदिए हुन्थ्याे भन्छौ । सरकारले यो गरिदएन त्यो गरिदिएन भन्छौ । ठूलो मान्छे नबनौ जिम्मेवारी र सभ्य नागरिक र असल मान्छे बनौ ।

बिराटनगर-५, माेराेङ
ghimiresushil38@gmail.com

One comment on "ठूलो मान्छे होईन्, असल मान्छे बनौ"

  • रामजी घिमिरे says:

    बोली बोली मा झुन्डिएको ठूलो मान्छे पद र पैसाकै अनुसार हुन वास्तविक ठूलो मान्छे कर्तव्य र दाहित्व पूरा गर्ने हुन ।
    सन्देश मुलक लेख

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.