राष्ट्र बैंकको पुनरकर्जाः नव उद्यमीलाई विशेष प्राथमिकता, धेरै नाफा कमाउनेले नपाउने

  २०७७ जेठ २० गते १९:५८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुर्नकर्जा सम्बन्धी कार्यविधि तयार पारेसँगै पुनरकर्जा पाउने उद्योगी तथा व्यवसायीलाई पनि प्राथमिकताका आधारमा राखेको छ । हिजोको दिनमा काठमाडौंमा र ठूला उद्योगीलाई मात्र आधारित पुनरकर्जाको कार्यविधिले अब नव उद्यमी र साना उद्यमीहरुपनि यसबाट लाभान्वित हुनेछन् ।

राष्ट्र बैंकले तयार भएको मस्यौदामा सबैका सुझावहरु समेटेर कार्यविधि संसोधन गर्ने उल्लेख गरिएको छ । सो कार्यविधि संशोधन पछि पुनर्कजाको पहुँच सबैसमक्ष पुग्नेछ । पुर्नकर्जा प्रदान गर्दा नयाँ उद्यमी, युवा महिला,दलित समुदायका उद्यमी, लघु घरेलु तथा साना उद्यमका व्यवसायी, निर्यात जन्यमा टेवा पुर्याउनेलगायतका उद्यमीलाई प्राथमिकता दिइने बताइएको छ ।

बैंकले पुर्नकर्जा सबैको पहुचमा पुर्याउनको लागि लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा, विशेष पुनर्कजा र साधारण पुर्नकर्जा गरी ३ किसिमको वर्गीकरण गरेको छ । उद्यमी स्वयं संलग्न भई सञ्चालन गरिएका उद्यम, व्यापार तथा व्यवसायमा प्रवाह भएको १५ लाख रुपैयाँ सम्मको कर्जा सुविधाको लागि प्रदान गरिने पुनरकर्जालाई लघु, घरेलु तथा सानाउद्यमपुनरकर्जा मानिने कार्यविधिमा उल्लेख गरिएको छ ।

घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश प्रसाद सिँहले यो भन्दा पहिले ठूला उद्योगीहरुका लागि मात्र पुर्नकर्जा सुविधा भएपनि अब साना उद्योगी तथा नव उद्योगीले पनि पाउने भएपछि केहस् राहत हुने बताए । आफुहरुले घरेलु तथा साना उद्योगका लागि सरकारी बैंकबाट दुई प्रतिशत र प्राइभेट बैंकबाट चार प्रतिशतमा पुर्नकर्जा पाउनु पर्ने बताए पनि त्यसमा ५ प्रतिशत भएर आएको उनको भनाई छ ।

राष्ट्र बैंकबाट आह्वान गरी इजाजतपत्रप्राप्त संस्थालाई एकमुष्ट प्रदानहुने प्रतिग्राहकपुनरकर्जाको अधिकतम सीमा १० करोड रुपैयाँ हुनेछ । यस्तो पुनरकर्जा रकमकुलपुनरकर्जा प्रदानगर्ने रकमको ७० प्रतिशतभन्दा बढी नहुने तथा बैंकले ग्राहकअनुसार मूल्याङ्कन गरी उपलव्ध गराउने साधारण पुनरकर्जाको प्रतिग्राहकअधिकतम सीमा २० करोड रुपैयाँसम्म हुनेछ ।

लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा २ प्रतिशतमा बैंकहरुलाई राष्ट्र बैंकले उपलब्ध गराउने र बैंकले ५ प्रतिशतमादिने मस्यौदातमा प्रस्तावगरिएको छ । विशेष पुनरकर्जा १ प्रतिशमालिएर बैंकले ३ प्रतिशतमा र साधारण पुनरकर्जा ३ प्रीतशतमालिएर बैंकले ५ मालगानीगर्नु पर्ने प्रस्तावगरिएको छ ।

२० प्रतिशतभन्दा बढी नाफा कमाउनेले नपाउने

नेपाल राष्ट्र बैंकले २० प्रतिशत बढी नाफा कमाउनेले पुर्नकर्जा नपाउने बताएको छ । लगातार ३ वर्षदेखि २० प्रतिशतनाफा गरेका उद्योगी तथा व्यवसायीलाई पुर्नकर्जाको सुविधा पाउन अयोग्य ठहरिने कार्यविधिमा उल्लेख गरिएको छ ।

कुनै उद्यमको लागि नभई व्यक्तिगत प्रयोजनका लागि प्रवाह भएको ओभर डा«फ्ट कर्जा, घर जग्गा कर्जा, सवारी कर्जा, घरायसी सामग्री कर्जा, माजिर्न कर्जा, सुनचाँदी कर्जा, सामाजिक कर्जा तथा व्यक्तिगत नाममा वा व्यक्तिगत उपभोगका लागि लिइएका कर्जाहरू पनि यो सुविधा लागिअयोग्य हुने मस्यौदामा उल्लेख गरिएको छ ।

यस्तै, चुरोट, बिडी, सिगार, सुर्ती, खैनी, गुट्खा लगायतका सुर्तीजन्य उद्योग÷व्यवसाय र मदिरा तथा मदिराजन्य उद्योग÷व्यवसायलाई प्रवाह भएका कर्जाहरुले समेत पुर्नकर्जा सुविधा नपाउने पनि सो कार्यविधिमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.