कोरोना संक्रमणः यस्तो छ अहिले विहानसम्मको ताजा अवस्था

  २०७७ जेठ १६ गते ६:१६     विकासन्युज

काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ५९ लाख ७ सय ६५ पुगेको छ ।

कोरोना भाइरसबाट अहिलेसम्म ३ लाख ६१ हजार ७ सय ७६ जनाको मृत्यु भइसकेको छ भने २५ लाख ७७ हजार २ सय २५ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।

कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख ३ हजार ३ सय ३० जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १७ लाख ६८ हजार ३ सय ४६ रहेको छ ।

त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या १ लाख ६५ हजार ३ सय ८६ पुगेको छ भने अहिलेसम्म ४ हजार ७ सय ११ जनाको मृत्यु भइसकेको छ ।

नेपालमा अहिलेसम्म १ हजार ४२ जना संक्रमित भएका छन् भने ५ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी १८७ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।
(तथ्यांक साभार : वल्डोमिटर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.