खुकुरी दाग्ने एउटा रहर 

  २०७७ जेठ १४ गते १६:५७     राकेश सुकुपायो

लेखक

एउटा रहर जागेको छ
खुकुरी नचाउने ।
मागे नि नमागे नि
रगतको खोलो बगाउने
एउटा रहर जागेको छ ।

एउटा रहर जागेको छ,
विस्तारवादी गर्दन छिनाल्ने ।
धार भए नि नभए नि
खुकुरी दाग्ने
एउटा रहर जागेको छ ।।

एउटा रहर जागेको छ
कालापानीको प्यास बुजाउने ।
रगत बगे नि नबगे नि
सिमाना रगतले कोर्ने
एउटा रहर जागेको छ ।।

एउटा रहर जागेको छ
संघर्षको गीत गाउने ।
परिवर्तनको लागि
स्वतन्त्रताको गीत रच्ने
एउटा रहर जागेको छ ।।

एउटा रहर जागेको छ
मातृभूमि जोगाउने ।
जन्मभूमिको लागी
स्वतन्त्रता संग्राम शुरु गर्ने
एउटा रहर जागेको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.