नबिल बैंकद्वारा कर्णाली प्रदेश सरकारलाई पीसीआर मेसिन खरिद गर्न सहयोग

  २०७७ जेठ १३ गते २१:४५     विकासन्युज

काठमाडौं। नबिल बैंकले कर्णाली प्रदेश सरकारलाई उक्त प्रदेशको अस्पतालमा पीसीआर मेसिन खरिद गर्न वित्तीय सहयोग प्रदान गरेको छ ।

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड –१९) रोगको संक्रमणलाई फैलिन नदिन एवं सोको रोकथाम तथा नियन्त्रणका लागि सहयोग पु¥याउने उद्देश्यले कर्णाली प्रदेश सरकारलाई प्रदेश अस्पताल विरेन्द्रनगर सुर्खेतमा एक थान पीसीआर मेसिन खरिदका लागि वित्तीय सहयोग गर्ने भएको हो ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २८ लाख २५ हजार आर्थिक सहयोग गरेको छ । सो आधुनिक एवं उच्च क्षमताको मेसिनबाट नमूना छिटो र उच्च परिमाणमा परिक्षण गर्न सहयोग मिल्ने र पहिचान, उपचार तथा कोरोना संक्रमण रोकथाममा प्रभावकारी सहयोग हुने बैंकले विश्वास लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.