कर्मचारी सञ्चय कोषले अनलाइनबाटै दिन थाल्यो सापटी, कतिले पाए ? लिने कसरी ?

  २०७७ जेठ १३ गते १७:३७     विकासन्युज


काठमाडौं । कर्मचारी सञ्चय कोषले सञ्चयकर्तालाई अनलाईनबाटै विशेष सापटी दिन शुरु गरेको छ । हालको असहज परिस्थितिमा सञ्चयकर्तालाई सजिलै तथा प्रभावकारी रुपमा सेवा उपलब्ध गराउने उद्देश्यले कोषले मंगलबार(जेठ १३ गते) देखि उक्त कार्य शुरु गरेको हो ।

यससँगै कोषले मंगलबार मात्रै अनलाईन मार्फत दुई जना सञ्चयकर्तालाई विशेष सापटी वापतको रकम प्रदान गरेको छ । कोषले दार्चुलास्थिति र ललितपुरस्थित बैंकमा रहेको सम्बन्धित सञ्चयकर्ता खातामा रकम प्रदान गरेको कोषका प्रवक्ता ओमकृष्ण श्रेष्ठले जानकारी दिएका छन् ।

यस्तै, यो सेवालाई निरन्तरता दिईने र सेवा लिनको लागि विशेष सापटी लिन योग्यता पुगेका, इन्डिभ्युजल केवाईसी अपडेट र अफिस केवाईसी अपडेट अनिवार्य भएको कोषले जनाएको छ । यसको लागि सबै सञ्चयकर्ताहरुले केवाईसी अपडेट गरी र कोषकट्टी गरी पठाउने सम्पूर्ण कार्यालयहरुको समेत अफिस केवाईसी अपडेट गराउन कोषले आग्रह गरेको छ ।

साथै, अनलाईन मार्फत विशेष सापटी लिने विस्तृत प्रक्रिया कोषेकाे वेवसाइटमा राखिएको कोषले जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.