लुम्बिनी विकास बैंकले गरायाे कर्मचारी कोरोना बीमा

  २०७७ जेठ १० गते १४:४३     विकासन्युज

काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्ना सम्पूर्ण कर्मचारीहरुको कोरोना भाइरस (कोभिड १९) महामारी विरुद्धको बीमा गरेको छ ।

बैंकमा कार्यरत हरेक कर्मचारीहरुको स्वास्थ्यको ख्याल गर्दै प्रति कर्मचारी एक लाखको कोरोना बीमा सम्बन्धी एभरेष्ट इन्योरेन्स कम्पनीका बीचमा बैंकले सम्झौता गरेको छ ।

सम्झौता अनुसार बैंकमा कार्यरत कुनै पनि कर्मचारीको कोरोना भाइरस परीक्षण गर्दा पिसिआर टेस्ट पोजेटिभ पाइएमा इन्स्योरेन्स कम्पनीले तोकिए बमोजिमको रकम क्षतिपुर्ति वापत उपलब्ध गराउने छ । यो पोलिसी मिति २०७७ जेष्ठ ९ गतेदेखि लागू भई १ वर्षसम्म मान्य हुने छ ।

कोरोनाको महामारी फैलिएको यो परिस्थितिमा अहोरात्र खटिरहनु भएका कर्मचारीको मनोवल केहि हदसम्म भएपनि बढ्ने बैंकले बिश्वास लिएको छ । यस बिषम परिस्थितिमा सम्भव भएसम्म डिजिटल माध्यमबाट बैंकिङ्ग कारोबार गर्नुहुन आदरणीय ग्राहकलाई बैंकले आग्रह गरेको छ ।

बैंक हालसम्म देशभरका सातवटै प्रदेशमा ६८ वटा शाखा र १६ वटा एटीएम मार्फत करिव साढे दुई लाख ग्राहकलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.