नुवाकोटमा दुई वर्षकी बालिकाको मृत्यु, कोरोनाको आशंकाले स्थानीयबासीमा त्रास

  २०७७ जेठ ५ गते २२:१३     विकासन्युज

नुवाकोट । बेलकोटगढी नगरपालिका वडा नम्बर २ स्थिति सिरिसे टोलमा २ वर्षकी एक बालिकाका मृत्यु भएको छ । आइतबार घरमै लडेर बेहोस भएकी ति बालिकाको सोमबार धादिङ जिल्लाको धार्केस्थिति शिवदर्शन अस्पतालमा उपचार गरिएको थियो ।

अस्पतालले विरामीको अवस्था जटिल भएको भन्दै थप उपचारको लागि काठमाडौं लैजान भनेको तर बच्चाको बुबाले विरामी घरमा लैजादै गर्दा ती बालिकाको मृत्यु भएको बुझिएको छ ।

ती बालिकाको मृत्यु कोरोना भाइरसको कारण भएको हो कि भन्ने आशंका भएको र आवश्यक जाँचको लागि जिल्ला सदरमुकाम विदुरबाट स्वास्थ्यकर्मीको टोली बोलाइएको वडा अध्यक्ष रमेशप्रसाद न्यौपानेले बताए ।

कोरोनाको कारण मृत्यु भएको हो कि भन्ने आशंकाले स्थानीयबासी चिन्तित भएको र शंका निवारण गर्नको लागि शवको स्वाव परिक्षणका लागि स्वस्थ्य टोली मगाउने निष्कर्षमा स्थानीयबासी पुगेको खनियाँखर्क निमाविका शिक्षक दामोदर सापकोटाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.