दाङका कोरोना संक्रमित पुरुष टिचिङ अस्पतालमा कार्यरत

  २०७७ जेठ ३ गते ८:३०     विकासन्युज

काठमाडौं । दाङका कोरोना संक्रमितमध्ये  एक पुरुष टिचिङ अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी रहेको पुष्टि भएको छ । शुक्रबार पहिलोपटक दाङका तीनजनामा कोरोना संक्रमित पुष्टि भएका थियाे जसमा ३४ वर्षिय पुरूष काठमाडौंको टिचिङ अस्पतालमा कार्यरत रहेको खुलेको हाे ।

तुलसीपुर उपमहानगरपालिका–७ घर भएका ३४ वर्षीय संक्रमित पुरुष काठमाडौंमै रहेको सो उपमहानगरपालिकाको मेयर घनश्याम पाण्डेले सामाजिक संजालमार्फत जानकारी दिए । अस्पतालमा बिरामीको उपचार गर्ने क्रममा उनका संक्रमण भएको हुन सक्ने अनुमान गरिएकाे छ ।

टिचिङ अस्पतालमा उपचाररत कपिलवस्तुकी एक ६ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको थियो । बालिकाको सम्पर्कमा रहेका डाक्टरसहित अन्य मानिसलाई क्वारेन्टाइनमा राखिएको छ । यसअघि रुपन्देही र पर्साका स्वास्थ्यकर्मीहरुमा पनि कोरोना पुष्टि भएको थियो ।

त्यस्तै अन्य दुईजना संक्रमित व्यक्ति दाङको गढवा गाउँपालिका–४ र ५ वडाका हुन् । उनीहरु भारतबाट घर फर्कने क्रममा कपिलवस्तुको कृष्णनगरको क्वारेन्टाइनमा बसेका थिए ।

कृष्णनगरको क्वारेन्टाइनमा बसेका उनीसहित बिहीबार ९१ जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना परीक्षण भएको थियो । जसमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो भने अन्य ८९ जनाको नेगेटिभ देखिएको सो प्रतिष्ठानले जानकारी दिएको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या २ सय ६७ पुगेको छ भने ३६ जना उपचार पछि घर फर्किएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.