उद्योग क्षेत्रमा भाडा छुटः के भन्छन् जिम्मेवार निकाय ?

  २०७७ जेठ १ गते १५:३४     राजाराम न्यौपाने

काठमाडौं । कोरोना भाइरसको कारण भएको लकडाउनले धेरै उद्योगधन्दाहरु बन्द छन् । सरकारले अति आवश्यक वस्तुको उत्पादन बाहेकका उद्योगहरु ४५ दिनसम्म बन्द गर्यो । त्यो समावधिमा बालाजु, पाटन, भक्तपुर, राजविराज, धरान, हेटौंडा, बुटवल, पोखरा, नेपालगञ्ज र सुर्खेत गरेर १० वटा औद्योगिक क्षेत्रमा बन्द रहे ।

यो समयावधिमा धेरै उद्यँेगधन्दाहरुले अर्बौैं रुपैयाँ पनि क्षति व्यहोर्नु पर्यो । सरकारले भाडामा बस्दै आएका र भाडामा बसेर व्यवापार व्यवसाय गर्नेहरुको सहजका लागि घरवेटीहरुलाई एक महिनाको घरभाडा मिनाहा गरिदिन पनि आग्रह गर्यो । तर, त्यसको खासै प्रभावकारी कार्यान्वयन भने भएन ।

अहिले धेरै उद्योगी व्यवसायीहरुले भाडा छुटको पनि माग गरिरहेका छन् । औद्योगिक क्षेत्र व्यवस्थापन केन्द्रिय कार्यलयका निर्देशक दिलिप श्रेष्ठले पनि औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगहरुको संगठनले भाडा छुट दिनुपर्यो भनेर माग गरिरहेको बताएका छन् ।

‘भाडा छुटका लागि हामीले कुनै निर्णय गर्ने होइन, सरकारले निर्णय गर्ने वा बजेटमा समेटने हो,’ उनले भने ।

‘सरकार उद्योगीको समस्या सुन्ने पक्ष रहेको उनले बताए । सरकारले निजी घरका मालिकहरुसगँ समेत भाडा छुट दिन आग्रह गरिरहेको छ, जिनी क्षत्रलाई मात्रै भन्ने सरकारले पनि आफु केही नगर्ने त हुँदैन होला,’ उनले भने ।

कोरोना भाइरस फैलिन नदिन सरकारले देशभर लकडाउन गरेको छ । लकडाउनको विचमा नै सरकारले उद्योगहरु खोल्न दिने निर्णय गरेको थियो । लकडाउनको कारणले बन्द रहेका उद्योगहरु ४५ दिनसम्म बन्द रहेका थिए ।

४५ दिनसम्म बन्द रहेका उद्योगहरुले औद्योगिक क्षत्रसग भाडा छुट मागिरहेका छन् । देशभरका भएका १० वटा औद्योगिक क्षेत्रमा भएको अतिआवश्यक वस्तु उत्पादन गर्ने उद्योगसँगै अन्य उद्योगहरु खुल्ले क्रममा छन् ।

१० वटा औद्योगिक क्षत्रमा भएका उद्योगहरु मध्ये २५ प्रतिशत उद्योगहरु सञ्चालनमा आएका छन । भने, बाँकी ७५ प्रतिशत उद्योगहरु पनि खुल्ने क्रममा रहेको श्रेष्ठले बताए । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड (आइडिएम) का अध्यक्ष नन्दकिशोर बस्नेतले बालाजु भित्र रहेको उद्योगहरुलाई विजुलीको शुल्क लकडाउन खुलिसकेपछि मात्रै तिरे पनि हुने व्यवस्था मिलाएको बताए ।

‘हामीले नै विजुलीको मंहसुल तिरिसकेका छौ, तर औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगहरुलाई लकडाउन खुलेपछि मात्रै तिर्न आग्रह गरेको छौं’ उनले भने । बालाजु औद्योगिक क्षत्रमा ६ सय ५० रोपनी क्षत्रमा १ सय २५ वटा उद्योग क्षेत्र रहेका छन् । जसमा अतिआवश्यक उद्योग ग्यास, अक्सिजन, विस्कुट, दुध र मासु लगायतका उद्योगहरु सञ्चालन भइरहेको बस्नेतले जानकारी दिए ।

१० वटा औद्योगिक क्षेत्रहरु बालाजु, पाटन, भक्तपुर, राजविराज, धरान, हेटौंडा, बुटवल, पोखरा, नेपालगञ्ज र सुर्खेत क्षेत्रभित्र रहेका अत्यावश्यक खाद्यान्न, पानी, अक्सिजन, ग्यास, डेरी, पशु आहार लगायतका उद्योग मात्र सञ्चालनमा रहेको छन ।

सञ्चालन भइरहेका उद्योगमा कार्यरत मजदुरका लागि कोरोनाबाट बच्न र उत्पादनमा कुनै प्रभाव नपार्न आवश्यक सुरक्षा अपनाइएको छ । मजदुरका लागि मास्क, ग्लोभ्स, स्यानिटाइजर र ज्वरो मापनको समेत व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.