पुनर्बीमा कम्पनीको सेयर रजिष्टारमा आरबीबी मर्चेन्ट नियुक्त

  २०७७ जेठ १ गते ११:५८     विकासन्युज

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको सेयर रजिष्टारमा आरबीबी मर्चेन्ट बैंकिङ्ग नियुक्त भएको छ । कम्पनीको सेयर रजिष्ट्रेशनसँग सम्बन्धित सम्पूर्ण काम गर्नका लागि दुबै संस्थाबीच बुधबार(बैशाख ३१ गते) सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

उक्त सम्झौता पत्रमा पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) शंकर कुमार रायमाझी र आरबीबी मर्चेन्टका सीईओ बद्री प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका हुन् । यससँगै, अब यस कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरधनीहरुहको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कामहरु आरबीबी मर्चेन्ट मार्फत हुने छ ।

यसका साथै, पुनर्बीमा कम्पनीको हालै बाँडफाँड भएकाे प्राथमिक सेयर (आईपीओ) नेपाल स्टक एक्स्चेञ्जमा छिट्टै सूचीकृत गराउने तयारीमा आरबीबी मर्चेन्टका सीईओ प्याकुरेलले जानकारी दिएका छन् ।

कम्पनीले कुल १ अर्ब ६० करोड रुपैयाँ बराबरको सेयर निष्कासन गरेको थियाे । जसकाे बाँडफाँड चैत २६ गते बुधबार जारी रहेकाे लकडाउनकाे बीचमा भएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.