कामना सेवा विकास बैंकले सबै कर्मचारीको गरायो कोरोना बीमा

  २०७७ वैशाख ३१ गते १८:३१     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्ना सबै कर्मचारीहरुको कारोना बीमा गराएको छ । विकास बैंकले आफ्ना कर्मचारीहरुको स्वास्थ्य र आर्थिक सुरक्षालाई मध्यनजर गर्दै नेको इन्स्योरेन्स मार्फत सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा गराएको हो ।

विश्वभर फैलिएको महामारी र यसको विषम परिस्थितिको सामना गर्दै निरन्तर सेवामा खटीरहेका कर्मचारीहरुको उच्च मूल्याँकन गर्दै सेवामा थप उत्साहित र उच्च मनोबलका साथ काम गर्ने हौसला प्रदान गर्नको लागि बीमा गरिएको बैंकका प्रमूख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए ।

यस अगाडि बैंकले नागरिकहरुको लागि कोरोना सुरक्षा बचत खाता समेत सञ्चालनमा ल्याई सकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.