रोग र भोकसँग लड्न केही उद्योग खोल्नैपर्छ : डा‍.खतिवडा

  २०७७ वैशाख ३१ गते १७:५६     विकासन्युज

काठमाडाैं । अर्थमन्त्री डा. युवराज खतिवडाले केही उद्योगमा खुकुलो गर्नु पर्ने बताएका छन् । उनले राेग भोकबाटै लड्न केही उद्याेग खाेल्नु पर्ने बताएका हुन् ।

प्रतिनिधिसभामा बजेटको प्राथमिकता र सिद्धान्तको विषयमा उठेको सवालको जवाफ दिँदै उनले भोकबाट लड्न लकडाउनमा पनि केही उद्योग खोलिएको उल्लेख गरे ।

उनले भने, ‘आधारभूत स्वास्थ्य सेवा र शिक्षामा राज्यको भूमिका हुनुपर्छ त्यही आधारबाट बजेट अघि बढ्ने छ  । रोग र भोक सँग लड्नुछ यसका लागि पनि आर्थिक क्रियाकलाप अघि बढाउँनै पर्छ । आर्थिक क्षेत्र अगाडी बढाएन भने रोजगार कसरी सृजना हुन्छ ? काम लगाएर राहत दिन पनि आर्थिक कृयाकलाप बढाउँनुपर्छ ।’

खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि सरकारले ल्याउन लागेको बजेट परम्परागत नभएको पनि दाबी गरे । सांसदहरुको सुझाव तथा सल्लाहको उत्तर दिँदै मन्त्री डा.खतिवडाले बजेट परम्परागत नभएर सांसदहरुको टिप्पणी गर्ने तरिका परम्परागत भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.