मेगा बैंककाे नाफा साढे १९ प्रतिशतले बढ्याे, यस्ता छन् अन्य सूचक

  २०७७ वैशाख ३० गते १७:२८     विकासन्युज


काठमाडाैं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा मेगा बैंककाे खुद नाफा १९.५० प्रतिशतले बढेकाे छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार कम्पनीले चालु आवको चैत महिनामा १ अर्ब ४५ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएकाे छ । जुन गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा २३ करोड बढी हाे ।

बैंकले गत आवको यसै अवधिमा बैंकले १ अर्ब २१ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ४५ करोड ९८ लाख ४७ हजार रुपैयाँ रहेको छ।
चैत मसान्तसम्म बैंकले ८५ अर्ब ७ करोड रुपैयाँ निक्षेप संकलन गरी ७८ अर्ब ७४ करोड लाख रुपैयाँ कर्जा परिचालन गरेकाे छ।

चालु आवको तेस्रो त्रैमासम्ममा बैंकको खुद ब्याज आम्दानी बढेर ३ अर्ब १८ करोड ३३ लाख रुपैयाँ पुगेकाे छ । बैंकको सञ्चालन नाफा पनि बढेर २ अर्ब ७ करोड ७५ लाख पुगेको बैंकले जनाएकाे छ ।

चैत मसान्तसम्ममा बैंकको खराब कर्जा अनुपात घटेर १.३२ प्रतिशतमा झरेकाे छ । त्यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ १३२.१९ रुपैयाँ, मूल्य आम्दानी अनुपात १०.६७ गुणा, निक्षेप संकलन लागत ७.१८ प्रतिशत, आधारदर ९.९४ प्रतिशत, स्प्रेडदर ५.२२ प्रतिशत र पुँजीकोष अनुपात १२.५६ प्रतिशत रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.