खुकुलो बन्दै लकडाउन, थपिदै कोरोना संक्रमित

  २०७७ वैशाख २९ गते १३:२४     विकासन्युज

काठमाडौंं । अहिले जारी लकडान खुकुलो बनिरहेको अवस्थामा कोरोना संक्रमितको संख्या भने बढेदै गएको छ । आज लकडाउनको ४९ औं दिन भइरहँदा बजारमा लकडाउन भने केही खुकुलो बन्दै गएको छ । आज मात्र कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस देखिएको छ ।

आजसम्म नेपालमा १ सय २० जनामा कोरोना भाइरस पोजेटिभ देखिसकेको छ । काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा १० जनामा कोरोना संक्रमण पुष्टि भएको सोमबार बिहान स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

भारतको मुम्बईबाट लुकिछिपी आएका कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका दुई र यशोधरा गाउँपालिका– ५ का आठ जना युवामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

यसले पनि देशमा थप जोखिम बढ्दै गएको बुझ्न सकिन्छ । संक्रमितलाई कोरोना विशेष अस्पताल बुटवल पठाउने तयारी भइरहेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । यसअघि मायादेवी गाउँपालिकाको क्वारेन्टाइनमा पाँच जनामा कोरोना पोजेटिभ देखिएको थियो ।

काठमाडौंमा कोरोनाका बिरामी छैन भनेर लकडाउनलाई खुकुलो बनाइँदै गएको छ । तर, अझै पनि चिकित्स विज्ञहरुले काठमाडौं जोखिममै रहेको बताइ रहेका छन् । सरकारले केही सिमीत सेवाहरु खोल्न निर्देशन दिएपनि धेरै व्यापार व्यवसायका पसलहरु खुला भएका छन् । लकडाउनको सुरुवाती चरणमा लकडाउन केही कडाई भएपनि आजभोलि भने लकडाउनको कुनै महसुस बजारमा हुँदैन ।

काठमाडौं उपत्यकामा भने संक्रमितको संख्या कम हुनु, काठमाडौं उपत्यकामा संक्रमण फैलिएको पुष्टी नहुनु र लामो समयसम्म लकडाउनको कारण सर्वसाधारणको दैनिकीमै गम्भीर असर परेर हातमुख जोड्नै कठिन हुन थालेपछि काठमाडौं उपत्यकामा सरकारले लकडाउन खुकुलो गरेको होकि पनि बुझ्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.