नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि

  २०७७ वैशाख २९ गते ८:५५     विकासन्युज

काठमाडौं । कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला, काठमाडाैंकाे प्रयाेगशालामा गरिएकाे परीक्षण अनुसार १० जनामा काेराेना पुष्टि भएकाे हाे ।

संक्रमितहरू कपिलबस्तु, यशाेधरा गाँउपालिका- ५  र बुद्धभुमि नगरपालिका ७, १० निवासी १८, १९, २०, २४, ३०, ३१, ३४, ३४, बर्षीष पुरुष र एक जना उमेर नखुलेको पुरुष रहेको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

हालसम्म नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या १ सय २० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.