जीवन योग प्रयोगशाला मिनभवनले जेष्ठ नागरिकलाई दियो स्वास्थ्य सामाग्री

  २०७७ वैशाख २८ गते १८:५४     विकासन्युज

काठमाडौं । जीवन योग प्रयोगशाला मिनभवनले शान्तिनगरस्थित निःसहाय सेवा सदनका जेष्ठ नागरिकलाई ३० दिनसम्म पुग्ने दैनिक अत्यावश्यक स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराएको छ । प्रयोगशालाले भगवान गौतम बुद्धको २५६४ औं जन्मजयन्ती तथा गुरु एलपी भानु शर्माको प्रकाश दिवसको पावन अवसरमा उक्त सदनका आमाबुबाहरुलाई मास्क लगायत विभिन्न थरिका औषधिहरु सहयोग गरेको हो ।

हाल कारोना भाइरस (कोभिड १९)को महामारीले गर्दा देशभर लकडाउन भएका अवस्थामा आमाबुबाहरुको स्वास्थ्यमा केही समस्या नआओस् र आएमा अस्पतालसम्म धाउन नपरोस् भन्ने उद्देश्यका साथ प्रयोगशालाले उक्त सहयोग गरेको हो । प्रयोगशालाका अनुसार आमा बासुदेवी भण्डारी, दयावती बिष्ट, टंक खड्का र कुशल बस्नेतको सहयोगमा उक्त औषधि प्रदान गरिएको हाे ।

साथै, यस प्रयोगशालाले देउराली क्लबलाई ३ बोरा चामल उपलब्ध गराएको छ । उक्त क्लबले अति विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्दै आएका मजदुर एवम् सडक बालबालिकाहरुलाई दैनिक बिहान-बेलुकाको खाना खुवाउँदै आएको छ । प्रयोगशालाको यस सहयोग क्लबको उक्त कामलाई केही राहात पुग्ने योग प्रयोगशालाको प्रमुख व्यक्ति टंक खड्काले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.