भारतमा कोरोना सङ्क्रमितको संख्या ६३ हजार, ३० प्रतिशत निको

  २०७७ वैशाख २८ गते १३:३४     विकासन्युज

काठमाडौं । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या ६३ हजार पुगेको छ । सङ्क्रमितहरुको संख्या बढ्दै गएसँगै सङ्क्रमणबाट निको हुनेहरुको दर पनि बढ्दै गएको अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार झण्डै ३० प्रतिशत सङ्क्रमितलाई निको भएको छ ।

शनिबारमात्रै झण्डै ३ हजार ३ सय २० जना कोरोना भाइरस सङ्क्रमितहरु थपिएको जनाइएको छ । यो सँगै भारतमा कुल सङ्क्रमितको संख्या ५९ हजार ६ सय ६२ पुगेको छ । आइतबार दिउँसो एक बजेसम्म थप १ सय ७० जनामा कोरोना देखिको छ ।

हालसम्म २ हजार १ सय ९ जनाको मृत्यु भएको छ । बिहानदेखि १ बजेसम्म मात्रै २० जनाको ज्यान गएको छ । त्यसैगरी सङ्क्रमणमुक्त हुनेहरुको संख्या १९ हजार ४ सय ६० जना रहेको अधिकारीहरुले जनाएका छन् ।

सङ्क्रमित र मृत्यु हुनेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएपनि कतिपय विकसित देशहरुमा जस्तो अनियन्त्रित र भयावह अवस्था सिर्जना हुन सक्ने भन्ने विषय विश्लेषण भइरहेको छ ।

काेराेना भाइरसले विश्वमा ४१ लाख ३ हजार ५ सयभन्दा बढी मानिस कोरोना संक्रमित भएका छन् । त्यस्तै २ लाख ८० हजार ४ सय ७० जनाले ज्यान गुमाएका छन् भने १४ लाख ४३ हजार ४ सयभन्दा बढी उपचार पछि घर फर्किएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.