मन्त्री भट्टलाई एनबिआईले गर्याे स्वास्थ्य सामग्री हस्तान्तरण

  २०७७ वैशाख २८ गते ८:१३     विकासन्युज

काठमाडौं । उद्योग, वाणिज्य तथा आपर्ति मन्त्री लेखराज भट्टलाई एनबिआईले १ हजार थान व्यक्तिगत सुरक्षा उपकरण (पीपीइ) हस्तान्तरण गरेको छ । करिब ४० लाख बराबरको पीपीई एनबिआईले चीनबाट खरिद गरेको हो । सो सामग्री स्वास्थ्य मन्त्रालयले आवश्यकता अनुसार सबै प्रदेशमा प्रदान गर्नेछ ।

एनबिआईले कोरोना संकटको चूनौतीपूर्ण घडीमा प्रारम्भ देखिनै आर्थिक् एवं राहत संकलन तथा वितरण तथा स्वास्थ्य सामग्रीको खरिदको कुरा स्मरण गर्दै मन्त्री भट्टले बन्द उद्योगहरु कसरीपूर्ववत अवस्थामा चलाउन सकिन्छ भनेर जिज्ञासा राखे ।

त्यस्तै एनबिआईका अध्यक्ष कुशकुमार जोशीले कोरोना भाइरसको संक्रमणले पारेको संकटपूर्ण अवस्थाले निजी क्षेत्रका सम्पूर्ण गतिविधि अवरुद्ध हुँदा आर्थिक, सामाजिक विकासको गति ठप्प भएको बताए । उनले अविलम्व एकिकृत राहतका कार्यक्रम ल्याई अर्थतन्त्र चलायमान बनाउने तर्फ पहल गर्न सरकारको ध्यानाकर्षण गराए ।

एबिआईका संस्थापक अध्यक्ष पदम ज्योतिले बन्द भएको उद्योग पूर्ण संचालन गर्न सरकार, उद्योगी तथा कर्मचारीसँग सल्लाह गरी ठोस योजना ल्याउनु पर्ने जानकारी दिए ।

सो सामग्री हस्तान्तरण कार्यक्रममा उद्योग सचिव चन्द्र घिमिरे, वाणिजय सचिव बैकुण्ठ अर्याल, एनबिआईका तर्फबाट महासचिव सुरेन्द्रवीर मालाकार, कोषाध्यक्ष दीपक मल्होत्रा, सचिव गोपीकृष्ण न्यौपाने र जोन्ता क्लबको तर्फबाट मिरा ज्योतिको पनि उपस्थिति रहेकाे थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.