युएईमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि

  २०७७ वैशाख २७ गते १५:१८     विकासन्युज

काठमाडौं । एकैदिन युएईमा थप २२ जना नेपालीमाा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शनिवार युएईको शारजहाको एक क्लिनिङ कम्पनीमा एकैदिन ६१ जना महिला श्रमिकलाई कोरोना भाइरस पुष्टि भएको हो । जसमा २२ जना नेपाली महिला श्रमिकमा पनि कोरोना भाइरस पुष्टि भएको हो ।

संक्रमित सबैलाई कम्पनीले क्वारेन्टाइन बनाएर राखेको जनाएको छ । युएईमा १ सय ४९ जना नेपाली कोरोना संक्रमित भएका छन् । जसमा २७ जना उपचारपछि निको भएर फर्किएका छन् त्यस्तै ६ जना नेपालीको मृत्यु भइसकेको छ ।

हालसम्म युएईमा १६ हजार ७ सयभन्दा बढी मानिस कोरोना संक्रमित छन् भने १ सय ७४ जनाले ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.