नेपालमा कोरोना निको भएर २७ जना फर्किए घर

  २०७७ वैशाख २६ गते १५:०१     विकासन्युज

काठमाडौं । नेपालमा कोरोना निको भएर घर फर्कनेको संख्या २७ पुगेको छ । शुक्रबार कोरोना संक्रमण भएर विराटनगरको कोसी अस्पतालमा भर्ना गरिएका मध्ये थप ८ जना उपचर पछि निको भएर डिस्चार्ज भएसंगै नेपालमा कोरोना निको हुनेको संख्या २७ पुगेको हो । कोरोना निको भएर घर फर्कने ८ जनामा ७ नेपाली र एक जना भारतीय नागरिक रहेको छन् ।

योसँगै देशभर जम्मा संक्रमित १ सय १ जना मध्ये निको भएर घर फर्कनेको संख्या २७ पुगेको छ । तीन जना निको भएका व्यक्तिमा पुन संक्रमण देखिएपछि अस्पताल भर्ना भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.