क्वारेन्टिनमा रहेकालाई मेरो माइक्रोफाइनान्सको ६ लाख ५९ हजार रुपैयाँ बराबरकाे सहयोग

  २०७७ वैशाख २५ गते १९:२८     विकासन्युज

काठमाडौं । मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाले विभिन्न स्थानमा क्वारेन्टिनमा रहेका ६ लाख ५९ हजार रुपैयाँ बराबरको राहत दिने भएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामहरी दाहलले विभिन्न १८ स्थानका क्वारेनटाइनमा रहेकाहरुको लागि खाद्य प्रबन्धको लागि उक्त रकम बराबरको सहयोग गर्ने स्वीकृत गरेका हुन् ।

संस्थाको चैत २ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार कोरोना कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको थियो । यसका लागि अतिरिक्त संस्थाको कार्यालय रहेका स्थानमा यसको प्रभावलाई अध्ययन गरी १० लाख रुपैयाँ बराबरको खाद्यन्नको लागि राहत स्वरुप दिने भन्ने निर्णय भएको थियो ।

सोही अनुसारको उक्त रकमबाट प्रथम चरणमा संस्थाको विभिन्न शाखा कार्यालयहरुबाट कार्यालय अन्तर्गत रहेको क्वारेन्टाइनमा खाना व्यवस्थापनको लागि स्थानीय स्तरमा योगदान गर्नको लागि रकम सहयोग गर्ने निर्णय भएको थियो । उक्त स्वीकृत अनुसारको रकम क्वारेन्टाइनमा रहेको स्थानिय निकायमा चेक मार्फत खाद्य सहयोगमा खाद्य सामाग्री खरिद गर्न सहयोग वितरण गर्न संस्थाले आग्रह गरेको छ ।

संस्थाले रामगढवा, कटरीया, रामपुर्वा, सिम्रौनगढ, मेहलकुना, भवानीपुर, मैनापोखर, राजापुर, मकरागढी, भुरिगाँऊ, बौनीया, बौनीया, बालग्राम, बट्टार, कल्याणीदेवी/रातमाटे र छोप्राक शाखा कार्यालयहरुका क्वारेन्टाइन स्थानमा सो मात्राको सहयोग गर्ने भएको हो । संस्थाले सम्बन्धित स्थानिय निकायहरुलाई सहयोग प्रदान गर्न आग्रह गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.