‘कनेक्ट आईपीएस’ र ‘मेरो सेयर’ नभएकाले सेयर कारोबार गर्न नपाउने

  २०७७ वैशाख २५ गते १५:५४     विकासन्युज

काठमाडौं । अब दोश्रो बजारमा सेयर कारोबार गर्न ‘कनेक्ट आईपीएस’ र ‘मेरो सेयर’ अनिवार्य रूपमा हुनु पर्ने भएकाे छ । लकडाउनको समयमा बजारमा सेयर किनबेच गर्न चाहनेले कनेक्ट आईपीएसमा आवद्ध र ‘मेरो सेयर’को खाता हुनुपर्ने नेपाल धितोपत्र बोर्डले जनाएको छ ।

बाेर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले सेयर बजार खुलेपछि पनि लगानीकर्तालाई कनेक्ट आईपीएसमा आवद्ध गराएर मेरो सेयर लगइन गराई कारोबार गराउने बोर्डको आन्तरिक गृहकार्य भईरहको जानकारी दिएका छन् । यससँगै, उक्त प्रणाली आवद्ध भएका लगानीकर्ताले घरबाटै सेयर किनबेच गर्न पाउने छन् ।

सरकारले पुँजी बजार खुल्ला गर्ने निर्णय गरेकाे सुने पनि आधिकारिक निर्णय नआएको उनले बताएका छन् । यससँगै, ब्रोकर तथा लगानीकर्तालाई कारोबार गर्न सजिलो हुने र काेरानाे भाइरस संक्रमण फैलन नपाउने गरी कोरोबार खुलाउन सकिने उनले प्रष्टाएका छन् ।

‘बजारमा दैनिक कारोबार गर्ने लगानीकर्ता औषत १० देखि १५ हजार रहेका छन्, यी सबैलाई पास दिन सम्भव नहुने भएकाले ‘कनेक्ट आईपीएस’ र ‘मेरो सेयर’मा आवद्ध गराएर बजार खाेल्ने बोर्डको तयारी छ, यसका लागि पूर्वाधार तयारीका साथै, थप आन्तरिक गृहकार्य गरिरहेको छाैं,’ अध्यक्ष ढुंगानाले भने ।

बजारमा हालसम्म ‘कनेक्ट आईपीएस’ र ‘मेरो सेयर’ लिने लगानीकर्ता २ देखि ३ हजार जना मात्र रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.