नि: शुल्क घरघरमा औषधि

  २०७७ वैशाख २५ गते ८:२०     विकासन्युज

कास्की । पोखरा महानगरपालिका–२० ले यहाँका दीर्घरोगीलाई निःशुल्क औषधि वितरण गर्दै आएको छ ।

सरकारले कोरोना सङ्क्रमण फैलन नदिन जारी बन्दाबन्दीको समयावधि लम्ब्याउँदै गएपछि आफ्नो वडाभित्रका नियमित औषधि सेवन गर्ने उच्च रक्तचाप, मधुमेह, मुटुरोग, मानसिक समस्या, दम तथा थाइराइडका समस्या भएकालाई घरघरमै औषधि पुर्याइएको हो ।

वडाध्यक्ष सिमबहादुर गुरुङले वडाभित्रका ४ सय ३० बिरामीको घरघरमा पुगेर औषधि वितरण गरिएको जानकारी दिए । उनका अनुसार स्वास्थ्य क्षेत्रमा छुट्याइएको बजेटमा केही बजेट थप गरी कूल दुई लाख ५० हजार खर्चेर उनीहरूलाई घरघरमा पुगी औषधि वितरण गरिएको हो ।

वडा सदस्य भीमप्रसाद बाँस्तोलाले आगामी दिनमा पनि नियमित औषधि खानेमध्ये छुट बिरामीको तथ्याङ्क लिइ पुनः औषधि घरघरमा पु¥याउने बताए। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.