यी हुन् २६ गतेदेखि सञ्चालन हुने उद्याेग (सूचीसहित)

  २०७७ वैशाख २४ गते २०:२६     विकासन्युज

काठमाडाैं । सरकारले खाद्यान्न र अन्य अत्यावश्यक वस्तु उत्पादन गर्नेसहित ४२ प्रकारका उद्योग सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।  बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बैशाख २६ गतेदेखि त्यस्ता उद्योग सञ्चालन गर्ने निर्णय गरेको हो

खाद्यन्न र निर्माण सामाग्री उत्पादन गर्नेसहितका ४२ प्रकारका उद्योग सञ्चालन गर्न दिने निर्णय भएको उद्योग मन्त्रालयले बताएकाे  छ।

श्रमिक र कार्यरत अन्य जनशक्तिहरु अनिवार्य रुपमा कार्यस्थलभित्रै बस्नुपर्ने सरकारका निर्णयमा उल्लेख छ । उनीहरुलाई खानाको व्यवस्था कार्यस्थलभित्रै गरिनुपर्ने तर कार्यस्थलबाट बाहिर जान र कार्यस्थलबाहिर रहेका परिवारका सदस्यलगायत अन्य कुनैपनि व्यक्तिहरुसाग सम्पर्कमा आउनदिन नहुने नियम बनाइएको छ।

उद्योगभित्र संभव नभए परिसरभन्दा बाहिर नजिकको दूरीमा रकेका विद्यालय लगायतका सार्वजनिक भवनमा व्यवस्था आवासको व्यवस्था गरेर राख्नुपर्ने निर्णय भएको छ । उनीहरुलाई स्थानीय प्रशासन अनुमति लिएर सञ्चालन गरेको सवारीमा उद्याेगमा ल्याउने व्यवस्था गर्न सकिने भएको छ ।

सरकारले उद्योगलाई अत्यावश्यक वस्तु उत्पादन, निर्माण र निर्यातसम्बन्धी गरी तीन चरणमा वर्गीकरण गरेर उद्योग सञ्चालन गर्ने भएकाे हाे । उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयका चन्द्रकुमार घिमिरेले लकडाउनका कारण बन्द भएका उद्योगलाई अब तीन चरणमा खुलाउने बताए  । पहिलो चरणमा खाद्य उद्योग,दोस्रो चरणमा विकास निर्माणसँग सम्बन्धित उद्योग र तेस्रो चरणमा निर्यातमुलक उद्योग खोल्ने घिमिरेले बताए ।

श्रमिक र कार्यरत अन्य जनशक्तिहरु अनिवार्य रुपमा कार्यस्थलभित्रै बस्नुपर्ने उनले बताए । उनीहरुलाई खानाको व्यवस्था कार्यस्थलभित्रै गरिनुपर्ने तर कार्यस्थलबाट बाहिर जान र कार्यस्थलबाहिर रहेका परिवारका सदस्यलगायत अन्य कुनैपनि व्यक्तिहरुसाग सम्पर्कमा आउनदिन नहुने नियम पनि सरकारले बनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.