६ महिना भित्र कोरोना भाइरसको औषधि तयार हुन्छः प्राध्यापक डा. दास

  २०७७ वैशाख २१ गते १३:००     विकासन्युज

काठमाडौं । कोरोना भाइरसको औषधी ६ महिना भित्र तयार हुन बताएका छन् ।  यसअघि पनि जडीबुटीबाट नै हर्वल सेनेटाइजर बनाएको जानकारी दिदै कोरोना भाइरस रोक्न विश्वभर औषधिको खोजी भइरहेको थियो ।

नेपालमा पनि केहि गर्नुपर्छ भन्ने सोच सहित अभियानमा लागेको र अब ६ महिना भित्र कोरोना नियन्त्रणको औषधी तयार गर्ने प्राध्यापक एवंम बागमती प्रदेशको केमिकल सोसाइटीका उपाध्यक्ष समेत रहेका डा. दासले जानकारी दिएका छन् । उनले भारतको बनारस हिन्दू विश्वविद्यालयबाट फाइटो केमेस्ट्रीमा पिएचडी गरेका थिए । विभिन्न जडीबुटी खोजि गरेर संस्थानको प्रयोगशालामा औषधी बनाउने काम भैरहेको दासले बताए ।

विश्वभरि फैलिरहेको कोरोना भाइरसको संक्रमण नियन्त्रणको लागि विभिन्न जडीबुटीहरुको प्रयोग गरेर औषधी बनाउने काम भइरहेको छ । औषधि निर्माण गर्न सरोकारवालाहरुसँग समेत कुराकानी गरेर विभिन्न निर्देशिकाहरू अनुरुप काम गरेकोले ६ महिना भित्र सफल हुने दासले विश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.