काेभिड-१९ विरुद्ध फ्रन्टलाइनमा खटिने ५ उत्कृष्ट महिलामा नेपालकी डा. रुना झा

  २०७७ वैशाख २० गते २१:४३     विकासन्युज

काठमाडौं । कोभिड-१९ नियन्त्रणका लागि फ्रन्ट लाइनमा रहेर उत्कृष्ट काम गर्ने पाँच महिलाको कथा संयुक्त राष्ट्रसंघको यूएन वुमेनले सार्वजनिक गरेको छ ।

उक्त कोभिड-१९ नियन्त्रणका लागि फ्रन्ट लाइनमा रहेर उत्कृष्ट काम गर्ने पाँच महिला नेपालकी डा‍. रुना झा पनि पर्न सफल भएकी छिन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुको निर्देशक डा. रुना झा हाल नेपालमा कोभिड-१९ परीक्षणको नेतृत्व गरिरहेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.