कोरोना संक्रमण निको हुनेको संख्या १० लाख ८० हजार नाघ्याे, यस्तो छ ताजा तथ्यांक

  २०७७ वैशाख २० गते ६:१३     विकासन्युज

काठमाडौं । नेपाली समय अनुसार अहिले विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ३३ लाख ९८ हजार ४ सय ५८ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म २ लाख ३९ हजार ४ सय ४३ जनाको मृत्यु भइसकेको छ भने १० लाख ८० हजार १ सय १ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।

कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ६५ हजार ७ सय ४८ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने ११ लाख ३१ हजार १५ रहेको छ ।

त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ३७ हजार २ सय ५७ पुगेको छ भने अहिलेसम्म १ हजार २ सय २३ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ५९ जना संक्रमित भएका छन् भने १६ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।
(तथ्यांक साभार : वल्डोमिटर)

One comment on "कोरोना संक्रमण निको हुनेको संख्या १० लाख ८० हजार नाघ्याे, यस्तो छ ताजा तथ्यांक"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.