एभरेष्ट बैंकद्वारा कोरोना काेषमा ६ लाख सहयाेग

  २०७७ वैशाख १७ गते १७:४३     विकासन्युज

जनकपुरधाम। कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि प्रदेश नं २ को सरकारले स्थापना गरेको राहतकोषमा एभरेष्ट बैंकले रु ६ लाख प्रदान गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतलाई सो बैंकका जनकपुरस्थित प्रतिनिधिहरुले आज सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

राहत कोषमा प्राप्त रकम कोरोना रोग नियन्त्रणमा खर्च गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.