गल्ली गल्लीमा पनि कोरोनाविरुद्ध डिस्इन्फेक्सन छर्दै स्वयमसेवक

  २०७७ वैशाख ७ गते १८:४५     विकासन्युज

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमणविरुद्ध अहिलेसम्म मुख्यमुख्य सडकहरुमा मात्रै डिस्इन्फेक्सन (महामारी न्युनीकरणविरुद्ध औषधि छर्ने) काम भएकोमा अब यस्तो औषधि छर्ने काम भएको गल्लीगल्ली अनि घरघरको कम्पाउण्डमा पनि हुन थालेका छन् ।

आइतबार काठमाडौंको चन्द्रागिरी नगरपालिकामा डिस्इन्फेक्सनको काम भएको छ । चन्द्रागिरी नगरपालिकाको वडा नं १५ का वडाअध्यक्ष उतमबहादुर राउतको अगुवाईमा १५ जना स्वयमसेवकहरुको समूहले डिस्इन्फेक्सन गरेका हुन् ।

वडाअध्यक्ष राउत नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनायण भक्तपुरका पूर्व विद्याथी हुन् । अध्ययन सम्पन्न गरेका इन्जिनियर (आर्किटेक्ट) वडाअध्यक्ष राउतले सुरक्षाको प्रबन्ध मिलाई काम गरेको बताए ।

प्रत्येकले पीपीई लगाई वडाबासीको सुरक्षाका लागि यस्तो काम गरेको उनले जनाए । वडाबासीलाई विश्वव्यापी संकटको रुपमा आइरहेको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट जोगाउन सहज होस् भनी यस्तो काम गरेको उनले जनाए ।

यसले वडाबासीहरुमा रोगविरुद्ध लड्न शक्ति (इमयुनिटी पावर) पनि वढ्ने विश्वासले यस्तो काम गरेको उनले जनाए । निलो टोपी र खैरो मास्कले अनुहार पूरै छोपी उनीहरुले डिस्इन्फेक्सन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.