अब नेपालका यी तीन ठाउँमा हुनेछ काेराेनाकाे अन्तिम परीक्षण

  २०७७ वैशाख ७ गते १७:५७     विकासन्युज

काठमाडौं । कोरोनाको अन्तिम परीक्षण अब तीन ठाउँबाट हुने भएकाे छ । यसअघि कोरोना पुष्टि भएका केसको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्रै अन्तिम परीक्षण हुँदै आएकोमा अब भने तीन ठाउँबाट हुने भएकाे छ ।

पश्चिममा भेरी अस्पताल र पूर्वमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई ‘क्रस भेरिसिफेसन’ गर्न दिइने भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए । हालसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र ‘क्रस भेरिसिफेसन’ हुने गरेको थियो । अरु ल्याबमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिए टेकुमा भेरिफिकेसन गरिन्थ्यो ।

साथै भेरी अस्पताल नेपालगञ्जमा पनि पीसीआर विधिबाट कोरोना भाइरसको नमुना परीक्षण शुरू भएको छ । पीसीआर मेशिन जडान गरिएसँगै आजैबाट नमुना परिक्षण गर्न थालिएको छ । योसँगै नेपालभरी पीसीआर विधिबाट कोरोना नमुना परीक्षण १५ स्थानबाट हुनेछ ।

हालसम्म नेपालमा काेराेनाका बिरामीकाे संख्या ३१ रहेको छ । जसमध्ये ४ जना निको भएर घर फर्किसकेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.