काठमाडौं बाहिर पनि कोरोनाको सफल उपचार

  २०७७ वैशाख ७ गते १६:३१     विकासन्युज

काठमाडौं काठमाडौं बाहिर पनि कोरोनाको सफल उपचार भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले काठमाडौं बाहिर पनि कोरोनाको सफल उपचार भएको बताएका हुन् ।

काेरेाना अपडेटका लागि दैनिक गरिने पत्रकार सम्मेलनमा उनले काठमाडौं  बाहिर पनि सफल उपचार भइ पुष्टि गभएकाे बताएका हुन् । विभिन्न स्थानीय तहले पनि कोरोना भाइरसको जोखिम न्युनिकरण तथा नियन्त्रणका लागि राम्रो काम गरेका उनको भनाइ छ ।

‘सेती प्रादेशिक अस्पताल र धौलागाीरी अस्पतालमा कोरोनाका बिरामीको सफल उपचार भएको छ, यसले पनि काठमाडौं बाहिरका अस्पतालमा सफल उपचार भएको बुझन सकिन्छ,’ उनले भने ।

आज मात्रै कैलालीको सेती प्रादेशीक अस्पतालबाट एक जना कोरोनाका बिरामी डिस्चार्ज हुँदैछन् भने हिजो मात्रै धाैलागिरी अस्पतालबाट ६५ वर्षीय वृद्धा कोरोनाको सफल उपचारपछि घर फर्किएकी थिइन् ।

हालसम्म नेपालमा कोरोनाका बिरामी ३१ जना रहेका छन् । जसमध्ये ४ जना निको भएर घर फर्किसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.