अत्यावश्यक सामग्री बिक्री गर्ने व्यवसायीलाई क्यूआर कोड दिँदै एनआईसी एशिया बैंक

  २०७७ वैशाख ७ गते १५:५९     विकासन्युज


काठमाडौं । एनआईसी एशिया बैंकले आपतकालीन अवस्थामा खाद्यान्न सामग्री ग्राहकहरूको घरमै पुर्याएर बिक्री गरिरहेका व्यवसायीहरूलाई क्यूआर कोड प्रदान गर्ने भएको छ । धेरै समयको लकडाउनको कारण बैंकका ग्राहकहरूसँग नगद अभाव हुन सक्ने तथा एटिएमसम्म पुग्न समेत नसकिरहेको अवस्थालाई मध्यनजर गर्दै बैंकले यस्तो योजना ल्याएको छ ।

ग्राहकहरूले मोबाइल बैंकिङ्गको प्रयोग गरी क्यूआर कोडबाट सामग्रीहरूको रकम भुक्तानी गरेपछि सिधै सम्बन्धित व्यवसायीको बैंक खातामा जम्मा हुन्छ ।

यस्तो अवस्थामा कोरोनासँगको लडाईमा सरकारलाई साथ दिन एनआईसी एशिया बैंकले सरकारबाट अनुमति प्राप्त अति आवश्यक खाद्यान्न तथा सेवा प्रदान गर्ने व्यवसायीहरूलाई बैंकमा उपस्थित नभई ईमेल मार्फत निम्न प्रकृया अपनाई सहज रुपमा क्यूआर कोड प्रदान गर्ने भएको छः

– सर्वप्रथम व्यवसायीहरूले बैंकको इमेल ठेगाना feedback@nicasiabank.com मा आफुले गर्ने व्यवसायको प्रकृति खुलाई क्यिूआर सेवा लिन इच्छुक रहेको व्यहोरा सहितको ईमेल गर्नुपर्नेछ । उक्त ईमेलमा सम्बन्धित व्यवसायीको एनआईसी एशिया बैंकमा खोलिएको कम्पनीको खाताको नाम, खाता नम्बर, ईमेल ठेगाना र सम्पर्क नम्बर समेत उल्लेख भएको हुनुपर्नेछ ।

– बैंकले उक्त इमेल पाइसकेपछि सम्पर्क नम्बरमा बैंकको सम्बन्धित विभागबाट व्यवसायीलाई सम्पर्क गर्ने छ ।

– बैंकले व्यवसायीलाई सम्पर्क गरे पश्चात उक्त क्यूआर प्रदान गर्न भर्नु पर्ने आवश्यक फारम व्यवसायीलाई इमेल मार्फत प्रदान गर्नेछ ।

– व्यवसायीले त्यस पश्चात बैंकबाट प्राप्त फारम भरि सम्बन्धित व्यक्तिको हस्ताक्षर गराई कम्पनीको छाप समेत लगाएर बैंकलाई इमेलमार्फत जानकारी गर्नुपर्नेछ ।

– त्यसपछि बैंकले आवश्यक प्रकृया पुरा गरी व्यवसायीलाई सुरक्षित उपाय अपनाई इमेल मार्फत क्यिूआर कोड प्रदान गर्नेछ । साथै सम्बन्धित व्यवसायीले बैंकबाट प्राप्त क्यिूआर कोड स्वयम् प्रिन्ट गरी ग्राहकहरूसँग मोबाइल बैंकिङ्ग मार्फत भुक्तानी लिन सक्नेछन् ।

– कोरोनाको महामारी समाप्त भई आवतजावत सामान्य भइसकेपछि बैंकले नियमित रुपमा प्रदान गर्ने क्यिूआर स्ट्याण्डी व्यवसायीलाई प्रदान गर्नेछ र जुन व्यवसायीले आफुले व्यवसाय गर्ने स्थानमा राख्न सक्नेछन् । व्यवसायीहरूको आवश्यकता अनुसार बैंकले एक भन्दा बढि पनि क्यिूआर स्ट्याण्डी प्रदान गर्नेछ ।

नेपाल राष्ट्र बैंकले गत २०७६ चैत ९ गतेबाट मोबाइल बैंकिङ्गबाट गर्न सकिने भुक्तानी कारोबारको अधिकतम सीमा बढाएसँगै ग्राहकहरूले मोबाइल बैंकिङ्ग (क्यिूआर कोड समेत) बाट प्रतिदिन १ लाख रुपैयाँ तथा प्रतिमहिना १० लाख रुपैयाँसम्म कारोबार गर्न सक्नेछन् ।

यस विषम परिस्थितिमा ग्राहकहरूलाई विशिष्टिकृत सेवा तथा सुविधा आवश्यक परेमा वा बैंकले प्रदान गर्ने सेवा सम्बन्धी कुनै पनि जानकारी चाहिएमा बैंकको २४ सै घण्टा सुचारु रहने ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१, मिस्डकल बैंकिङ्गः ९८०१२२७७५५, एसएमएसः ३४४८८, वेवसाइट च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ मा सिधा सम्पर्क गर्न सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.