एलओडीद्वारा सरकारलाई पीपीई र सर्वसाधारणलाई खाद्यान्न सहयोग

  २०७७ वैशाख ७ गते १५:०७     विकासन्युज


काठमाडौं । काठमाडौंको लर्ड अफ द ड्रिंक्स् (एलओडी)ले विभिन्न जिल्लामा पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) र काठमाडौं महानगरपालिका वडा नं २६ का विपन्न सर्वसाधारणलाई खाद्यान्न सहयोग गरेको छ । कोभिड–१९ विरुद्ध सरकारको तयारीलाई मद्दत गर्न एलओडीले उक्त सहयोग गरेको हो ।

आफ्नो सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत एलओडीले कञ्चनपुर जिल्लाका लागि ५० थान पीपीई सेट खानेपानीमन्त्री विणा मगरलाई र कैलाली जिल्लाका लागि ५० थान पीपीई सेट उद्योगमन्त्री लेखराज भट्टलाई हस्तान्तरण गरेको हो ।

त्यसैगरी, एलओडीले काठमाडौं महानगरपालिका वडा नं २६ का सफाई कर्मचारीका लागि एक सय थान पीपीई सेट हस्तान्तरण गरेको छ । साथै, एलओडीले ठमेल क्षेत्रका करिब पाँच सय जनालाई खाद्यान्न प्याकेज वितरण गरेको छ । यी प्याकेजमा ५ केजी चामल, १ केजी दाल, १ केजी गेडागुडी, १ केजी आलु, १ केजी नुन र एक लिटर तेल समावेश छ ।

‘कोरोनाविरुद्ध सरकारको लडाइँमा थोरै सहयोग गर्न पाउँदा हामी हर्षित छौं । हामीलाई आशा छ हाम्रो यो सहयोगले फ्रन्टलाइनमा रहेका स्वास्थ्यकर्मी र सफाइ कर्मचारीको सुरक्षामा मद्दत गर्नेछ,’ क्बल एलओडीका सञ्चालकमध्येका रविन श्रेष्ठले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.