सवा ७ अर्ब मानिसकाे महाप्रतिक्षाः कहिले बन्छ काेराेना भाइरसकाे खाेप ?

  २०७७ वैशाख ४ गते १८:२८     प्रकाश वाग्ले

काठमाडाैं । काेराेना भाइरस विरूद्धकाे खाेप विश्वका सवा ७ अर्ब मानिसकाे महाप्रतिक्षाकाे विषय बनेकाे छ । तर विज्ञहरूले याे खाेपकाे प्रतिक्षा समय लामाे हुने बताएका छन् ।

२०१९ डिसेम्बरमा चीनको उहानबाट सुरु भएको कोरोना भाइरस संक्रमण हाल संसारभर फैलिसकेको छ । ५ महिनामा झण्डै २१ लाख मानिसमा याे राेग फेलिएकाे छ । १ लाख ३६ हजार भन्दा बढीकाे ज्यान गएकाे छ ।

संसारभरका वैज्ञानिकहरु यस राेग विरूद्धकाे खोप तयार गर्न लागिपरेका छन् तर पनि हालसम्म सफलता हातलाग्न सकिरहेको छैन ।

खोप तयार गर्न जति धेरै समय लाग्ने छ, मानब सभ्यता त्यति नै धेरै खतरामा पर्दै जानेछ ।

धार्मिक शास्त्रले कलियुग भने पनि विश्वका मानिसहरू हालको युगलाई विज्ञानको युग भन्छन् । विज्ञानकाे युगमा किन तयार हुन सकेनत कोरोना भाइरस विरूद्धकाे खोप ?

लण्डन स्कूल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनको सरुवा रोग विशेषज्ञ तथा प्रोफेसर डा. यनालिस वाड स्मिथ जर्नलमा लेख्छिन् -कुनै पनि नयाँ खोपलाई बजारमा ल्याउन १० देखि १२ वर्ष लाग्ने गर्दछ । कोरोना जस्तो माहामारीको सन्दर्भ यतिधेरै समय नरहेको हुनाले अनुसन्धान, विकास तथा परिक्षणमा तिब्रता दिँदा १२ देखि १८ महिनामा कुनै निष्कर्समा पुग्न सकिने सम्भावना रहेको तर त्यसको लागि उच्च राजनैतिक इच्छा शक्ति तथा ठूलो परिमाणमा आर्थिक लगानीको आवश्यकता रहेको उनको धारणा छ ।

अहिलेको संकटको समयमा संसारका धेरै देशहरु खोप निर्माणको दौडमा लागिरहेका छन् । तर यो दौडमा धेरै बाधाहरु रहेका छन् । प्रयोगशालामा तयार गरिएको कुनै पनि खोपले सजिलै अनुमति प्राप्त गर्न सक्दैन । अनुमतिको लागि विभिन्न प्रयोग तथा परिक्षणको चरणहरु पार गर्नुपर्ने हुन्छ ।
संशारभर कोरोना भाइरसको खोप निर्माणमा भइरहेको हालको कामहरु प्रिक्लिनिकल स्टेजमा रहेको छ । प्रयाजसो धेरै समय यो स्टेजमा नै लाग्ने जानकारहरु बताउँछन् ।

प्रिक्लिनिकल स्टेजमा प्रयोगशाला परिक्षण पूर्ण गरि जनावरमा समेत परिक्षण गरेर प्रभाव तथा दुष्प्रभावको मूल्यांकन गर्ने गरिन्छ । प्रिक्लिनिकल स्टेजको परिक्षणमा सफल भयो भने मात्र परिक्षणको अर्को स्टेजमा लाने गरिन्छ ।

अब आउँछ ह्युमन ट्रायल (मानिसको सरिरमाथि गरिने परिक्षण )

ह्युमन ट्रायलमा पनि ३ चरण हुने गरेको छ ।

पहिलो चरण
पहिलो चरणमा करिब ५० जना स्वस्थ मानिसमा ट्रायल गरेर दबाइले रोग प्रतिरोधात्मक छेमतामा पारेको प्रभावको बारेमा अनुसन्धान गरिन्छ ।

दोस्रो चरण
यो चरणको परिक्षणको लागि पहिलो चरणमा भन्दा धेरै मानिसहरुको आवष्यकता पर्ने गर्दछ । दोस्रो चरणको परिक्षणको लागि १५ सय देखि २ हजार जनासम्म स्वस्थ्य  भेलेन्टियरहरुको आवश्यकता पर्दछ । यो स्टेजमा परिक्षण गरिनुको तात्पर्य पनि सुरक्षाको जाँच नै हो । सुरक्षाको स्थितिलाई नजरअन्दाज गरेर कुनै पनि औषधिको परिक्षण गरिदैन । ट्रायलको समयमा ध्यान दिइने अर्को महत्वपूर्ण विषय भनेको इमयुनोजेनिसिटी (परिक्षणमा संलग्न भोलेन्टियरहरुको एन्टिवडिको स्तर जसमा खोपको ट्रायल गरिन्छ ) ।

अब प्रश्न उठ्नसक्छ कि एन्टिवडि के हो ? एन्टिवडि भनेको शरिरलाई असर गर्ने भाइरस अथवा कुनै विकारको विरुद्धमा लड्न शरिरले उत्पादन गरेको विशेष रसायन हो । जसले भाइरस लगायत अन्य विकारहरुलाई परास्त गरेर सरिरलाई स्वस्थ्य राख्ने काम गर्छ ।

दोस्रो चरणको परिक्षणको सफलताको लागि भेलेन्टियरहरुमा एन्टिवडिको मात्रा सन्तोसजनक अवस्थामा हुन आवश्यक हुन्छ ।

तेस्रो चरण

यो चरणमा खोपको परिक्षणको संख्या २० देखि ३० हजार जना सम्ममा गर्ने गरिन्छ । ट्रायल पछि सम्पूर्णको नमूना संकलन, विश्लेषण, अनुसन्धान, बिभिन्न उमेर समूह, वातावरण, खानपान, नस्ल अनुसार बर्गिकरण गरि प्रभाबको मूल्यांकल गरिन्छ । खोपको प्रभावकारिता, दूस्प्रभाव, शरिरमा पर्ने नकारात्मक तथा सकारात्मक असरहरुको बारेमा अनुसन्धान तथा सहि विस्लेषण गरि पूर्ण रुपमा सुरक्षित भएमा मात्र आम मानिसमा प्रयोगको अनुमतिका लागि नियामक निकाय समक्ष पठाइन्छ ।

कुनै पनि रोगको खोप अथवा औषधि तयार गर्नु भनेको चानचुने कुरा हैन । यो अत्यन्त संबेदनशील कुरा हो । सानो भन्दा सानो कुरामा त्रुटी भयो भने त्यसको स्थिति भयाभह हुने कुरा इतिहासले देखाइसकेको छ । तयार पारिएको खाेप नियामक निकायको मापडण्ड अनुरुपको छ भने मात्र व्यवसाहिक उत्पादन तथा संक्रमणको विरुद्धमा प्रयोगको लागि अनुमति दिने गरिन्छ ।

प्रोफेसर डा. यनालिस वाड स्मिथको भनाइलाई नै आधार मान्ने हो भने “हाल संसारभरमा कोरोना भाइरसको विरुद्धमा एउटा मात्र खोपको नमूनाले प्रिक्लिनिकल स्टेज पार गरेर ह्युमन ट्रायलको पहिलो चरणमा रहेको छ । अझ पनि यसले परिक्षणको धेरै चरणहरु पार गर्नु पर्ने हुन्छ । परिक्षणको सबै नतिजा सकारात्मक नै आयो भने पनि खोप आम प्रयोगमा आइपुग्न लामो समय लाग्ने उनको बुझाइ छ । यदि १८ महिना भित्रमा खोपलाई प्रयोगमा ल्याउन सकियो भने यसलाई चिकित्सा विज्ञान क्षैत्रको हालसम्मकै माहान तथा दुर्लभ उपलब्धि हुनेछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.