एशियन लाईफ इन्स्योरेन्सले सार्वजनिक गर्यो ई क्यालेण्डर

  २०७७ वैशाख ३ गते १८:४४     विकासन्युज


काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को कारण विश्वव्यापी रुपमा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै वि.सं. २०७७ सालकाे ई क्यालेण्डर सार्वजनिक गरेको छ । मुद्रित क्यालेण्डर वितरण सहज नभएको अवस्थालाई मध्यनजर गर्दै बीमित, अभिकर्ता, कर्मचारीको साथै सर्वसाधारणको सुविधाको लागी कम्पनीले उक्त क्यालेण्डर सार्वजनिक गरेको हो ।

ई क्यालेण्डर कम्पनीको बेभसाइटको लिंक https://www.asianlife.com.np/calendar बाट डाउन लोड गर्न सकिनेछ ।

क्यालेण्डरमा मन्त्री परिषदबाट स्वीकृत सार्वजनिक बिदाको साथै पञ्चाङ समितिबाट स्वीकृत गरिएको तिथी मिति लगायतको उपयोगी जानकारीहरु समावेश गरिएको छ ।

साथै, कम्पनीको शाखा उपशाखाको सम्पर्क नम्बर समेत क्यालेण्डरमा रहेकोले यसबाट सम्बन्धित सबैलाई सहज हुने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.