विदेशबाट आएकाहरुलाई उद्योगी बनाउने सरकारको योजना, यस्ता उद्याेग चलाउन सरकारले गर्नेछ सहयाेग

  २०७७ वैशाख ३ गते १८:३०     राजाराम न्याैपाने

काठमाडौं । कोरोनाका कारणले वैदेशिक रोजगारबाट नेपाल फर्किएका र पछि फर्किने नेपालीहरुलाई उद्योगी बनाउने लक्ष्यकासाथ सरकारले काम सुरु गरेको छ । प्रधामन्त्री कृषि अधुनिकिकरण परियोजना, प्रधानमन्त्री रोजगार कार्यक्रम, लघु उद्यम परियोजन, समृद्धि परियोजना र औद्योगिक ग्रामसगँ जोडेर विदेशबाट आएका नेपाली नगरिकलाई सरकारले रोजगारी दिने योजनाको कार्यक्रम निर्माण सुरु गरेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले विदेशबाट आएका र कोरोनाको कारणले स्वादेशमा फर्किनेहरुलाई उत्पादनमूलक उद्योगमा जोडेर उत्पादन गर्ने तयारीका लागि सरकारले काम सुरु गरेको बताए ।

उनले प्रधामन्त्री कृषि अधुनिकिकरण परियोजना, प्रधानमन्त्री रोजगार कार्यक्रम, लघु उद्यम परियोजना, समृद्धि परियोजना र औद्योगिक ग्राममा आवद्ध गरेर विदेशबाट आएकाहरुलाई उत्पादनमूलक साना उद्योग जोडेर रोजगार दिने कार्य योजना बनाइएकाे बताए ।

‘विदेशबाट फर्केका युवाको सीप प्रमाणीकरण गरी त्यस्ता युवालाई सम्बन्धित व्यवसाय सञ्चालन गर्न लाग्ने खर्च सरकारले ऋण उपलब्ध गराउने छ, कति पैसा दिने हो भनेर कार्ययोजना निर्माण भइरहेको छ, १६ वटा जिल्लामा मात्रै सञ्चालित समृद्धि परियोजनाको सिमा बढाएर ७७ वटै जिल्लामा पुर्याने छौं, कृष, श्रमलगायतका मन्त्रालयहरुसगँ समन्वाए गरी काम भइरहेको छ,’ सचिव घिमिरेले भने ।

विदेशमा रहेका करिव ५० लाख नेपालीलाई लक्षित गरेर सरकारले विभिन्न परियोना निर्माणको काम सुरु गरेको हो ।

कस्तो उद्योग गर्न पाहिन्छ त ?

सचिव घिमिरेका अनुसार उत्पादनमूलक, कृषिमा आधारित, निर्माण, पर्यटन, सेवामूलक लगायतका उद्योग सञ्चानल गर्न सकिने छ ।  आफुले विदेशमा गरेको काम अनुसार फलफूल उत्पाद, जुत्ता चप्पल कारखाना, आल्मुनियम/ग्रील कारखाना, होटल व्यवसाय, राईस मिल स्थापना, बोतल तथा जार उत्पादन, सेनेटरी प्याड उत्पादन, औषधी उत्पादन, इँटाभट्टा सञ्चालन, ब्लक उद्योग, फोहर व्यवस्थापन, अगरबत्ती उत्पादन, गलैँचा उत्पादनमा लागेर स्वरोजगार हुन पाउने छन्

पशुपालन तथा कृषिजन्य उत्पादनमा कुखुरा, माछा, गाई, चौरी, भैँसी, बाख्रा, बङ्गुर, सङ्गुर, मौरी, टर्की कुखुरा, बट्टाइँ चरा, हाँस आदि जस्ता पशुपालन लगायतमा पनि सरकारी सहयाेग पाइनेछ । यस्तै, चिया, कफी, स्याउ, सुन्तला, अलैची, किबी, कागती, गोलभेँडा, च्याउ, स्ट्राबेरी, तरकारी, ऊखु, केरा आदि जस्ता कृषि व्यवसायमा लागेर स्वरोजगार हुन पाउने छन् ।

पहिले वैदेशिक रोजगारीबाट फर्केका कतिले पाए त सहुलियत कर्जा ?

सरकारले आव २०७५/७६ को बजेट वक्तव्यमा विदेशबाट फर्केका युवाको सीप प्रमाणीकरण गरी त्यस्ता युवालाई सम्बन्धित व्यवसाय सञ्चालन गर्न परियोजनामा आधारित १० लाखसम्मको ऋण उपलब्ध गराउने घोषणा गरेको थियो ।

वैदेशिक रोजगार बोर्डले २०७५ मङ्सिर १३ गतेदेखि पुस मसान्तसम्म आवेदन सङ्कलन गरेको थियो । सहुलियत कर्जाका लागि वैदेशिक रोजगारीबाट फर्केका १८ हजार ७६७ युवाले मा आवेदन दिएका थिए । ती मध्ये २ सय जनाले मात्रै सहुलियत कर्जाका पाएका थिए । बाँकी १८ हजार ५ सय ६७ जनाले अझै पाएका छैनन् ।

स्वरोजगार बन्न चाहने युवालाई सहुलियत कर्जा प्रदान गर्न नेपाल राष्ट्र बैंकले सबै वाणिज्य बैंक तथा वित्तीय संस्थालाई निर्देशन समेत दिएको थियो । तर एनएबी बैंक, राष्ट्रिय बणिज्य बैंक र कृषि विकास बैंकले मात्रै सहुलियत कर्जा दिएको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.