विकराल रूप लिँदै काेराेनाः संक्रमित संख्या २० लाख पुग्याे, १ लाख २६ हजारकाे मृत्यु

  २०७७ वैशाख ३ गते ११:०७     विकासन्युज

काठमाडौं । विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१०)बाट संक्रमित हुनेको संख्या २० लाख पुगेको छ । बुधबार बिहान संक्रमितको संख्या २० लाख पुगेको हो । कोरोनाका कारण मृत्यु हुनेकाे संख्या हालसम्म १ लाख २६ हजार ७ सय ५४ पुगेको छ ।

कहाँ कतिको मृत्यु ?

कोरोनाबाट सबैभन्दा प्रभावित अमेरिका बनेको छ । त्यहाँ ६ लाख १४ हजार बढी संक्रमित छन् भने २६ हजार ६४ को मृत्यु भइसकेको छ ।

अमेरिकापछि स्पेनमा कोरोना संक्रमित धेरै छन् । स्पेनमा १ लाख ७४ हजार, इटलीमा १ लाख ६२ हजार, फ्रान्समा १ लाख ४३ हजार, जर्मनीमा १ लाख ३२ हजार संक्रमित छन् । त्यस्तै, अमेरिकामा २६ हजार बढीको मृत्यु हुँदा इटलीमा २१ हजार, स्पेनमा १८ हजार, फ्रान्समा १५ हजार, बेलायतमा १२ हजार बढीको मृत्यु भइसकेको छ ।

नेपालमा भने हालसम्म १६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना नियन्त्रण र रोकथामका लागि विश्वका अधिकांश विगत केही सातादेखि देश लकडाउनमा छन् ।

कोरोनाको उद्गमस्थल चीनमा कोरोना संक्रमण न्यून भएको छ तर अन्य भने भइसकेको छैन । त्यहाँ मंगलबार मात्रै ४६ जना नयाँ संक्रमित फेला पर्दा एकजनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.