के तपाई चुराेट र गाँजा लिनुहुन्छ ? ख्याल गर्नुस् कोभिड १९ ले यस्ताे खतरा ल्याउन सक्छ

  २०७७ वैशाख १ गते १८:१२     विकासन्युज

काठमाडौं । यदि तपाई कोरोनाको त्रासलाई कम गर्नको लागि तपाई गाँजा प्रयोग गरिरहनुभएको छ भने विज्ञहरुले तपाईले दाेहाेराएर सोच्नुपर्छ भन्ने सुझाव दिएका छन् ।

किनभने यसले फोक्सोलाई असर गर्छ, कोरोना भाईरसको कारण लाग्ने कोभिड–१९ विशेष गरेर चुरोट र गाँजा प्रयोग गर्नको लागि थप खतरनाक हुनसक्ने बताएका छन् ।

अमेरिकाका लंग एसोसिएसनका प्रमुख चिकित्सा अधिकारी पल्मनोलोजिष्ट डा. अबर्लट रिज्जो भन्छन्, ‘गाँजा खाँदा तपाईको शरीरमा हावा प्रवेश गर्न मार्ग केही मात्रामा सुनिन्छ जसरी ब्रोनकाईटिज र चुरोटले सुन्नाउने गर्दछ ।’

एकतर्फ तपाईको श्वासप्रश्वास नली सुन्निने र त्यसमा अर्को संक्रमणले तपाईको स्वास्थ्यमा झनै धेरै जाेखिम निम्ताउने विशेषज्ञहरु बताउँछन् । तपाईको शरीर कोरोनासँग लड्नुपर्ने अवस्थामा अर्काे समस्यासँग लडिरहेको छ ।
गाँजा जसको सेवनले सुख्खा खोकी निम्ताउँछ जसले रोग पहिचानमा पनि समस्या ल्याउँदछ ।

कोभिड–१९ एक श्वासप्रश्वासको समस्या हो । दिर्घकालिन श्वासप्रश्वास रोगी श्वासप्रश्वास नलीमा कुनै प्रकारको समस्या जस्तै आस्थमा, फोक्सोको रोगीहरु सास फेर्नको लागि भेन्टिलेटरको आवश्यक पर्न सक्दछ ।

गाँजा सुर्तिहरुभन्दा केही फरक हुन्छ । चुरोटभन्दा गाँजा धेरै कम तापक्रममा जल्दछ । जब कोही व्यक्तिले गाँजा सेवन गर्दछ तब उसले केही नजलेको गाँजा पनि सेवन गरेको हुन्छ जसले श्वासप्रशवास नलीमा गएर एकप्रकारको असजिलोपन सिर्जना गर्दछ ।

यसरी यसले श्वासप्रशवास नलीमा समस्या ल्याएर काेराेना संक्रमण भएकाे अवस्थामा थप समस्या सिर्जना गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.