नेपालमा १२ जना पुगे काेराेना संक्रमित, काे कुन ठाउँकाे ?

  २०७६ चैत ३० गते १७:०२     विकासन्युज

काठमाडाैं ।विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभि १९) को संक्रमण बढिरहेको छ । त्यसबाट नेपाल पनि अछुतो रहन सकेको छैन । हालसम्म नेपालमा १२ जनामा कोरोना संक्रमण देखिसकेको छ ।

नेपालमा कोरोना भाइरसको जोखिम कम गर्नका लागि चैत १० गतेदेखि बैशाख ३ गतेसम्म लकडाउनको घोषणा गरेको छ ।

आजसम्म नेपालमा ९ जना मात्र कोरोना भाइरसको बिरामी भएपनि आज बीरगञ्जमा तीन जनामा कोरोना पोजेटिभ देखिएसँगै कोरोना संक्रमितको संख्या १२ जना पुगेको छ ।

पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेशनमा रहेका तीन नागरिकमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । आइसोलेशनमा राखिएका २१ जनामध्ये तीन जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकाेटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा चैत २९ गते पुनःपरीक्षण गरिएकामा ३ जनामा कोभिड–१९ पोजेटिभ देखिएको बताए ।

काे कुन ठाउँको हुन् ?

१. पहिलाे पटक नेपालमा काेराेना भाइरसकाे संक्रमण देखिएका ३२ वर्षका पुरुष चीनबाट आएका थिए । उनलाई माघ १० गते नेपाल काेराेना देखिएकाे हाे । उनी निको भएर घर फर्किसकेका छन् ।

२. दाेस्राे १९ वर्षकी महिला  हुन् । उनलाई  १० गते काेराेना भाइरस देखिएको थियो ।

३. तस्राे बिरामी ३२ वर्षका पुरुष दुबईबाट आएका थिए । उनलाई चैत १२ गते कोरोना पोजेटिभ देखिएको थियो ।

४.  चाैथाे, ३४ बर्षका पुरूष हुन् । उनी दुबईबाट आएका थिए । उनी धनगढीका हुन् । अहिले कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत छन् ।

५.  पाँचाैं, १९ बर्षकी महिला बेल्जियमबाट आएकी थिइन् । उनलाई चैत १५ गते कोरोना पोजेटिभ देखिएको थियो । उनी बागलुङकी हुन् ।

६. छैटाैं, ६५ बर्षकी महिला हुन् । उनी दुबईबाट आएकी थिइन् । उनलाई चैत २० गते कोरोना भाइरस पोजेटिभ देखिएको हो । उनी पनि बाग्लुङकै हुन् ।

७. साताैं, २१ बर्षका पुरुष हुन् । उनी भारतबाट नेपाल आएका थिए । उनलाई चैत २२मा काेराेना भाइरस देखिएको हो ।

८. उनी ४१ बर्षका पुरुष हुन् । उनी भारतबाट नेपाल आएका थिए । उनलाई पनि चैत २२ मा कोरोना भाइरस पोजेटिभ देखिएको हो । उनी कञ्चनपुरका हुन् ।

९) अर्को ३४ बर्षकी महिला हुन् । उनलाई पनि चैत २२ मा नै कोरोना पोजेटिभ देखिएको हो । उनी यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको भाउजु हुन् । नेपालमै देखिएको उनी पहिलो बिरामी हुन् । अन्य अर्को देशबाट आएका थिए । उनीहरु सबै सम्बन्धित जिल्लामा उपचाररत छन् । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरुले बताएका छन् ।

१०. दशाैंमा पर्ने बिरामी वीरगञ्ज महानगरपालिका–२ छपकैयास्थित मस्जिदमा शङ्कास्पद रूपमा रहेका कारण उनकाे परीक्षण गर्दा उनकाे रिपाेर्ट पाेजेटिभ देखिएकाे हाे । उनकाे चैत ३० गते देखिएकाे हाे । उनकाे नाराणी अस्पतालमा उपचार भइरहेकाेछ । उनी भारतीय नागरिक भएकाे बुझिएकाे  छ ।  उनी ३७  वर्षका पुरूष हुन् ।

११. उनी पनि भारतकै नागरिक हुन् । उनकाे पनि चैत ३० गते नै रिपाेर्ट पाेजेटिभ देखिएकाे बताइएकाे छ । उनी पनि ५५ वर्षकै पुरूष हुन् ।

१२. उनी ४४ वर्षका पुरूष हुन् । उनकाे पनि कोभिड–१९ को शङ्का लागि नारायणी अस्पतालको आइसोलेसनमा राखिएको र अवस्था सामान्य रहेकाे बताइएकाे छ। उनीहरुसमेत ‘थ्रोट स्वाब’ किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र, हेटौंडाको ल्याबमा परीक्षण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.