स्मार्ट फोन नभएकाले पनि घरबाटै विल भुक्तानी गर्न सक्ने, प्रभु पेले ल्यायो यस्तो सुविधा

  २०७६ चैत ३० गते १५:२८     विकासन्युज

काठमाडौं । प्रभु पेले स्मार्ट फोन नहुने विपन्न वर्गलाई लक्षित गरी मोवाइल वालेट सुविधा संचालनमा ल्याएको छ । यस अन्तरगत (१२३४ अंकमा लेखिएका र एबीसीडी लेखिएका) बारफोनबाट प्रभु पेको सुविधा प्रयोग गर्न सकिन्छ ।

उक्त सेवा युएसएसडी मार्फत मोवाइल रिचार्ज, टेलिफोन विल भुक्तानी, टेलिभिजन विल भुक्तानी तथा इन्टरनेट लगायतका विल भुक्तानी घरमा बसीबसी गर्न सकिन्छ ।

यसबाट रेमिट्यान्स भुक्तानीको सुविधा समेत प्रयोग गर्न सकिने छ । विशेषगरी स्मार्ट फोन नहुने विपन्न बर्गले अब आफ्नो सामान्य मोवाइल ‘बारफोन’ बाट यो सेवा संचालन गर्न सक्नेछन् ।

कोरोना संक्रमणको सन्त्रासका बीच देशमा जारी लकडाउनको अवस्थामा मोवाइल वालेटबाटै समपूर्ण बैंकिङ कार्यहरु भइरहेको अवस्थामा बारफोन प्रयोगकर्ताहरु सोबाट बचित भइरहेकोले यो समयमा प्रभु पेको नयाँ सुविधा महत्वपूर्ण हुन सक्छ ।

प्रदेश नं. ६ र ७ लगायत सुदुरपश्चिममा सरकारले समेत कोरोना संक्रमणको उच्च जोखिममा राखेको अबस्थामा स्मार्ट फोन पनि नहुने र हिडडुल गर्न पनि नपाउने अवस्थालाई लक्षित गरी एनसेलसँगको सहकार्यमा प्रभु पे ले यस्तो सुविधा ल्याएको हो । जसबाट म्यासेजहरु आदान प्रदान गर्दा शुल्क लाग्ने छैन ।

यो सेवा ग्रामिण क्षेत्रलाई वित्तीय पहुँच पुराउनका साथै टाढा टाढा घर भएर नगद कारोबार गर्न नसक्ने व्यक्तिका लागि अति प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.