कोरोना कोषमा सन् नेपाल लाइफ इन्स्योरेन्सको ३० लाख रुपैयाँ योगदान

  २०७६ चैत ३० गते १५:०५     विकासन्युज


काठमाडौं । सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल सरकारबाट स्थापित कोरोना नियन्त्रण, रोकथाम तथा उपचार कोषमा ३० लाख १ हजार रुपैयाँ सहयोग गरेको छ । कम्पनीले समग्र कर्मचारीहरुबाट १९ लाख १ हजार रुपैयाँ र कम्पनीको तर्फबाट ११ लाख रुपैयाँ गरी सो मात्राको राशी कोषमा योगदान गरेको हो ।

उक्त रकम सन नेपाल लाईफ इन्स्योरेन्सका महाप्रबन्धक कमल राज गौतम तथा प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालबाट कोषका प्रमुख राजेन्द्र पौडललाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद सिंहदरवारमा चैत ३० गते हस्तान्तरण गरेका हुन् ।

यसवाट कोरोना भाइरस संक्रमणको माहामारी रोक्न, नियन्त्रण तथा संक्रमितहरुको उपचारमा मद्दत पुग्ने कम्पनीको विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.