चैत ४ यता देखिएन संक्रमण, काठमाडौं उपत्यका कोरोनामुक्त हो ?

  २०७६ चैत ३० गते ९:३०     प्रकाश वाग्ले

काठमाडौं । कोरोनाको संत्रासबाट अहिलेको विश्वनै त्रस्त छ । नेपालले पनि बिगत ३ सातादेखि सरकारले देशभर लकडाउन गरेर सर्वसाधारणलाई हिडडुल गर्न रोकेको छ ।

नेपालमा माघ १० कोरोनाको पहिलो संक्रमण देखापरेपछि नै उच्च सतर्कता अपनाइएको थियो । तर, चैत्र ४ गते कतार एयरवेजबाट नेपाल नेपाल आयकी १९ वर्षीय युवतीमा कोरोना संक्रमण देखापरेपछि चैत्र ११ बाट लकडाउन गरियो ।

कोरोना भाइरसको इन्क्युभेसन पिरियड (संक्रमण शरीरमा फैलिएर लक्षण देखा पर्नको लागि लाग्ने समय) १ देखि १४ दिनको हुने गरेको छ । तर कसैकसैमा भने २०औँ दिनमा समेत लक्षण देखापरेको फेला परेको छ ।

नेपाल सरकारको रेकर्ड अनुसार काठमाडौंमा अन्तिम पटक कोरोनाको संक्रमण फेलापरेको चैत ४ मा कतार एयरवेजबाट काठमाडौं आएकी युवती नै हुन् । ४ चैतमा काठमाडौं आएकी ती युवतीमा ७ चैतदेखि साधारण खोकीको लक्षण देखापर्यो र सेल्फ क्वरेन्टाइनमा बस्न थालिन । ८ गते परीक्षणको लागि अस्पताल गइन् ।

नमुना संकलनपछि उनलाई आइसोलेसनमा राखेर लक्षणको आधारमा उपचार गर्न सुरु गरियो । परीक्षणको नतिजा पोजेटिभ आएपछि उनको परिवारका सदस्यहरुको समेत परीक्षण गरियो तर नतिजा नेगेटिभ आयो ।

अब यता हेरौ, संक्रमित काठमाडौं आइपुगेको ४ गतेदेखि आजसम्म २६ दिनभइसकेको छ भने लक्षण देखिएको ७ चैतदेखि पनि २३ दिन भएको छ ।

र, आइसोलेसनमा राखेर लक्षणको आधारमा उपचार गर्न सुरु गरियको ८ गतेदेखिको हिसाब गर्दा पनि २२ दिन भएको छ ।

सरकारको रेकर्डलाई नै आधार मान्दा पनि विगत २० दिनदेखि काठमाडौंमा नयाँ संक्रमण नदेखिएको तथा संक्रमित समेत अन्यको सम्पर्कमा नरहेको प्रस्ट हुन आउँछ ।

कोरोना भाइरसको इन्क्युभेसन पिरियडको अधिकतम समय २० दिनलाई नै हेर्दापनि विगत २० दिनदेखि काठमाडौंमा नयाँ संक्रमण देखापरेको छैन । सरकारले गरेको लकडाउनको कारण उपत्यका भित्रको आगमन ठप्प प्रायः छ । अब प्रस्न उठ्न सक्छ के काठमाडौं कोरोना मुक्त भएको हो त ?

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका निर्देशक डा. सागर कुमार राजभण्डारी काठमाडौं उपत्यका अहिले कोरोनामुक्त छ भनेर दाबीका साथ भन्न नसकिने बताउँछन् ।

किन त ? भन्ने प्रश्नको जवाफ उनले यसरी दिए ।

‘सर्वप्रथम संक्रमित युवतीमा नेगेटिभ कन्भर्सन भइसकेको छैन, ४ गते आएको एउटा फ्लाइटलाई मात्र आधार मानेर कोरोना मुक्त भएको भन्न मिल्दैन, ४ गते पछिपनि थुप्रै अन्तर्राष्ट्रिय फ्लाइटहरु आए, विदेशबाट आएकाहरुको शतप्रतिशत सर्बिलेन्स हुन सकेको अबस्था होइन, एयरपोर्टमा शरीरको तापक्रम मात्र जाँच गरेर पठाइएको हो, संक्रमण पुस्टि भएर हाल उपचार भैरहेका व्यक्तिमा समेत साधारण लक्षण तथा कुनै पनि लक्षण नदेखिएको (इसिन्ड्रोमेटिक) अवस्था रहेको तथा हालसम्म अत्यन्त न्युन मात्रामा परीक्षण भएको कारण इसिन्ड्रोमेटिक संक्रमण फैलिरहेको हुनसक्ने सम्भावना पनि छ,’ डा. राजभण्डारीले भने ।

भाइरस संक्रमणको लक्षण तथा असरमा विबिध कारणले फरक पार्ने तथा नेपालमा हालसम्म देखिएको सम्पूर्ण संक्रमण इसिन्ड्रोमेटिक प्रकृतिको रहेकाले भित्रभित्रै इसिन्ड्रोमेटिक संक्रमण फैलिरहेको हुनसक्ने सम्भावना उच्च रहेको उनको भनाइ छ । यसरी संक्रमण फैलिरहेको रहेछ भने कुनै पनि समयमा भयाभह अवस्था उत्पन्न हुनसक्ने विज्ञले बताएका छन् ।

त्यसैले, लकडाउन यथावत् राखी व्यापक परीक्षण, पहिचान तथा आइसोलेसन उपचारको रणनीतिमा जानुपर्ने डा. राजभण्डारीेको तर्क छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.