बैंकहरुले व्यवसायीका कूरा नसुनेपछि एफएनसीसीआईले सरकारलाई गुहार्यो

  २०७६ चैत २९ गते १४:०८     विकासन्युज

काठमाडौं । बैंकहरुले व्यवसायीका माग तथा आग्रहहरुको अटेर गरपेछि उद्योगी व्यवसायीहरुले सरकारलाई गुहारेका छन् । विभिन्न औपचारिक तथा अनौपचारिक भेटघाटमा व्यवसायीहरुले बैंकहरुलाई ऋणको व्याज घटाउन, व्याजलाई ऋणमा परिणत गर्ने गरी पुर्नकर्जाको व्यवस्था गरिदिन माग गरेपनि बैंकहरुले त्यसको वास्ता नगरेकोले सरकारलाई गुहारेको उनीहरुको भनाइ छ ।

विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस ( कोभिड १९)को सन्त्रास फैलिरहँदा अर्थतन्त्रलाई पनि ठूलो धक्का परेको छ । नेपाली उद्योगी व्यवसायी पनि त्यसको प्रत्यक्ष मारमा परेका छन् । उनीहरु बेला बखत सरकारसमक्ष व्याज घटाउने र उद्योगीलाई विशेष प्याकेजको आव्हान गरिरहेका छन् ।

शुक्रबार पनि नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरुले अर्थमन्त्री डा. युवराज खतिवडालाई भेटेर १७ बुँदे सुझाव पत्र दिएका छन् । उनीहरुले सो सुझाव पत्रमा कोरोना भाइरसको संक्रमणमा उद्योग व्यवसाय चलाउन समस्या भएकोले राहत प्याकेज र बैंकमा भएको ऋणको व्याजदर घटाउन माग गरेका हुन् ।

बैंकहरुको चर्को ब्याजदरका कारण उद्योगी व्यवसायीलाई समस्या परेको भन्दै व्यवसायीहरुले ब्याजदर एकल अंकमा राख्न दबाब बढाउन थालेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश तीनका अध्यक्ष दिनेश श्रेष्ठले अहिले तत्काल राज्यले केही गरदिओस् भन्ने चाहनाले सुझावपत्र दिएको बताए ।

‘राज्यले केही गर्छ भन्ने आशा छ, छिमेकी देशमा सरकारले घोषणा गरेको प्योकज लागु भइसक्छ, हाम्रो देशमा दिन्छु भनको कूरा पनि घुमाइफिराई गरिरहेको छ’ उनले भने । ‘बैंकहरुले लिने कुरा लिइसकेको छ, राष्ट्र बैंकले ४ प्रतिशत निक्षेप गर्नु पर्ने तीन प्रतिशत गरिदिएको छ, कर्पोरेटको व्याज घटाउन सक्छ, उद्योगी व्यवसायीलाई दिनु पर्ने व्याज उनीहरुले घटाएको छैन, जेठमा मात्र घटाउने भन्छ त्यो पनि एक प्रतिशत मात्रै, उनले भने ।

बैंकहरु आफ्नो नाफा घटाउन नहुने अवस्थामा रहेको उनको भनाइ छ । यो संकटको समयमा बैंकहरुले हामी पनि सँगै छौं भन्ने वातावरण देखाउनु पर्ने अवस्थामा दिएको सरकारले दिएकाे सुविधा दिन पनि बैंकहरूले आनाकानी गरिरहेको उनको भनाइ छ । ‘हामी समस्या र नोक्सानमा गयौं भने जम्मै बैंक पनि धरायसी बन्छन्, त्यसैले हामीले केही सुझाव दिएका छौं, यी सुझावलाई कमजोरीको रुपमा लियो भने सबै व्यवसायीहरु समस्यामा पर्छन्,’ उनले भने ।

नेपाल राष्ट्र बैंकका नियमन विभागका प्रमुख देब कुमार ढकालले भने बैंकहरुले राष्ट्र बैंकले दिएको निर्देशन बमोजिम नै चल्नु पर्ने भएकोले परिपत्र गरे बमोजिम नै उनीहरु काम गर्न तयार भएको बताए । उनले बैंकरर्स एसोसिएसन सँग नियमित कूरा भएकोले सबै बैंकहरु राष्ट्र बैंकले दिएको परिपत्र बमोजिम काम गर्न सकारात्मक देखिएको उनको भनाइ छ ।

उद्योगी व्यवसायीहरुले विभिन्न समयमा राष्ट्र बैंक समक्ष उद्योगी व्यवसायीको ऋणको व्याजदर घटाउन र लिएको व्याजको किस्ताको समयावधि बढाउन माग गरेपनि बैंकहरुले त्यसको आनाकानी तथा त्यसलाई घुमाइफिराई गरिरहेको उनीहरुको आरोप छ । यस अघि सरकारले पनि उद्योगी व्यवासायीलाई चैतको किस्ता असारभित्र तिर्न सक्ने भनेर घोषणा गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.