कोरोना अपडेट: विश्वमा ९० हजारभन्दा बढीको मृत्यु, संक्रमित १५ लाख ४४ हजार माथि

  २०७६ चैत २७ गते १९:४१     विकासन्युज

काठमाडौं । विश्वमा कोरोना भाइरसबाट १५ लाख ४५ हजार ८ सय ६३ जना नागरिक संक्रमित भएका छन् । कोरोनाबाट ९० हजार १ सय ५९ जना नागरिकको मृत्यु भईसकेको छ । त्यस्तै ३ लाख ६० हजार ९ सय ७५ जना मानिसहरु उपचार पछि घर फर्किएका छन् । पछिल्लो समय कोरोना भाइरसले संयुक्त राज्य अमेरिको अवस्था भयावह स्थिति पैँदा गरेको छ ।

अमेरिकामा बिहीबार मात्र १६ हजार ७ सय ५७ जना नागरिकमा कोरोना देखिएको छ । हालसम्म ४ लाख ३५ हजार १ सय ६७ जना मानिसमा कोरोना भाइरस देखिएको छ । अमेरिकामा १४ हजार ७ सय ९७ जना नागरिकको मृत्यु भएको छ । अन्य दिनको तुलनामा इटालीमा नयाँ कोरोना संक्रमितको संख्या तथा मृत्युदरमा कमी आएको देखिएको छ । इटालीमा कोरोनाबाट १७ हजार ७ सय २२ जनाको मृत्यु भएको छ भने १ लाख ३९ हजार ७ सय १५ जना संक्रमित छन् ।

स्पेनको १ लाख ५२ हजार ४ सय ४६ जना कोरोना संक्रमित छन् भने १५ हजार २ सय ३८ जना मानिसको मृत्यु भईसकेको छ । त्यस्तै पछिल्लो समय अमेरिकासँगै युरोपेली एवंम दक्षिण एसियाली मुलुकमा कोरोनाको संक्रमित बढ्दै गएका छन् । छिमेकी राष्ट्र चीनबाट फैलिएको कोरोना विश्वभरी पुगेको यो अवस्थामा बिहीबार मात्र १ सय ४ जना चिनीयाँ नागरिकमा कोरोना देखिएको छ भने ४ जनाको मृत्यु भएको छ ।

हालसम्म ३ हजार ३ सय ३५ जनाको मृत्यु भएको छ, त्यस्तै ८३ हजार ८ सय ८७ जना नागरिक संक्रमित छन् । ७७ हजार ७ सय ८० चिनीयाँ नागरिक उपचार पछि घर फर्किएका छन् । त्यस्तै अर्काे छिमेकी राष्ट्र भारतमा भने केहि दिन यता कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ ।

आज मात्र भारत ४ सय ७४ जनामा कोरोना पुष्टि भएसँगै ६ हजार २ सय ७६ जना मानिसमा कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको छ । कोरोनाबाट भारतमा १ सय ८६ जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपाल ९ जनालाई कोरोना पुष्टि भएको छ भने एक जनालाई निको भएको र अन्यको अवस्था पनि सामान्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.