बजारमा मापदण्ड विरुद्धको हेण्ड स्यानिटाईजर, ध्यान दिएर मात्र किन्नुहाेस्

  २०७६ चैत २७ गते १५:२५     विकासन्युज

काठमाडौं । बजारमा मापदण्ड विरुद्धको हण्ड स्यानिटनईजर ब्रिक्रि भईरहेको पाईएकाे छ ।

बजारमा मापदण्ड विरुद्धको विषाक्त मेथानोल समावेश भएको र तोकिए बमोजिमको अल्कोहल नभएको हेण्ड स्यानिटाईजर बिक्रि भईरहेको औषधी व्यवस्था विभागले जनाएको हो ।

मापदण्ड पुरा गरेका हेण्ड स्यानिटाईजरमा ७० देखि ८० प्रतिशत रक्सी हुनुपर्न र उक्त रक्सीमा ईथाईल अल्कोहल र ईसोप्रोपाईल अल्कोहल हुनुपर्न विभागका महानिर्देशक नारयण प्रसाद ढकालले बताए ।

भक्तपुर नगरपालिका-१० कमलविनायकस्थित कार्यकल्प आर्युवेद फर्माबाट गुणस्तरहीन ‘इन्स्ट्यान्ट ह्याण्ड सेनिटाइजर’ लेखिएको १ सय एमएलको १ सय २६ थान र ६० एमएलको २३ थान ह्यान्ड स्यानिटाइजर मंगलबार प्रहरीले बरामद गरेको थियाे ।

त्यस्तो कुनै पनि मापदण्ड विरुद्धको हेण्ड स्यानिटाईजर बिक्रि नर्गन विभागले बताएको छ । साथै स्यानिटाईजर खरिद गर्दा उल्लेखित विवरण लेबलमा यकिन गरेर मात्र किन्न विभागले सबैलाई आग्रह गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.