मिस इङ्ल्याण्डकाे ताज उतारेर कोराना संक्रमितको उपचारमा खटिन भाषा मुखर्जी

  २०७६ चैत २७ गते ११:२०     विकासन्युज

काठमाडाैं । संकटको बेला बिरामीको सेवा नै सबैभन्दा ठूलो धर्म हुने गर्दछ । बेलायतकी सुन्दरी भाषा मुखर्जीले पनि अहिले आफ्ना मिस इङ्ल्याण्ड २०१९ को ताज उतारेर आफ्नो पेशामा फर्केकी छिन् । भारतीय मूलकी भाषा मुखर्जी बेलायती नागरिक हुन् । उनको बाल्यकाल भने कलकत्तामा बितेको थियो ।

९ वर्षको उमेरमा परिवारसँगै बेलायत गएकी उनी गत अगष्ट २०१९ मा मिस इङ्ल्याण्ड २०१९ चुनिएकी थिइन । सिएनएनलाई दिएको एक अन्तर्वातामा भाषाले गत साता बेलायत फर्केको बताइन् । सुन्दरीको ताज पहिरिएपछि संसारका बिभिन्न देशको भ्रमणमा गएकी उनी कैयन् सामाजिक संस्थाको सदभावना राजदूत हुन् ।

संसारका बिभिन्न देशमा सामाजिक र मानवीय काममा नै सहभागी भएपनि अहिले देशमा कोरोना भाइरस फैलिएपछि आफूले सबै छोडेर पुरानो पेशामा फर्केको उनले बताइन् । संयोग नै भनौं मिस इङ्ल्याण्ड २०१९ चुनिनु अघि उनी बोस्टनको पिलग्रिम अस्पतालमा जुनियर डाक्टरको रुपमा कार्यरत थिइन् ।

उनी श्वासप्रश्वाससँग सम्बन्धि रोगको विशेषज्ञ पनि हुन् । यो त्यसै पनि कठिन निर्णय नभएको बताउँदै उनले देशलाई आफ्नो आवश्यकता परेकोले अरु देश जाने यात्रा बन्द गरेर बेलायत फर्केको बताइन् । बीबीसी हिन्दी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.