कोरोनाबाट बेलायतमा थप एक नेपालीको मृत्यु

  २०७६ चैत २७ गते ११:१४     विकासन्युज

लन्डन । बेलायतको लण्डनमा बस्दै आएका एक भूपू गोरखा सैनिकको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ । पर्वत स्थायी घर भएका ५९ वर्षीय चेतप्रसाद गुरुङको गएराति लण्डनको नर्थवीक पार्क अस्पतालमा निधन भएको हो ।

तमुधीं युकेको लण्डन शाखाका वरिष्ठ उपाध्यक्ष गुरुङ समाजसेवीका रुपमा चिनिने उनी करिब दुई सातादेखि ज्वरो आएपछि चिकित्सकको सल्लाहअनुसार घरैमा आइसोलेसनमा बस्दै आएका थिए। श्वासप्रश्वासमा समस्या भएपछि उनलाई आकस्मिक कक्षमा राखी पछि वार्डमा सारिएको थियो । भर्ना गरेको दुई दिनपछिबाट स्वास्थ निकै खराब भएपछि भेन्टिलेटरमा राखिएको थियो ।

यस अगाडी बेलायतमा २ जना नेपालीको कोरोनाबाट मृत्यु भईसकेको छ । हालसम्म मृत्यु हुने नेपालीकाे संख्या ३ पुगेकाे छ । लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता एवं उपनियोग प्रमुख शरदराज आरणले मृतक गुरुङको परिवार र सम्बन्धित संस्थालाई निधनबारे जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.